भारतमा भेटिएको नयाँ एचएमपिभी भाइरसको जोखिम नेपालमा खासै छैन : डा. सिंह

वीरगंज २४ पौष । नेपाल भारत सिमा जोडिएको बिरगंज रक्सैल खुल्ला नाकामा के सुरक्षित छ । छिमेकी देश चीन र भारतामा हालै देखा परेको नयाँ ( HMPV) एचएमपिभी भाइरस खासै डर मान्नुपर्ने आवश्यकता नरहेको नारायणी अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताएका छन् ।

यो संक्रमण ठूला मानिसमा देखा नपरे पनि बालबालिका बृद्धाबृदहरुमा देखा परेको बताए । अहिले आएर यो एचएमपिभि भाइरस छिमेकी देश भारतको ब्याङलोरमा बालबालिकाहरुमा देखा परेको तर उक्त बालिका देशभन्दा बाहिर नगएको भए पनि यो संक्रमण कसरी भयो भन्ने बारेमा भन्दा पनि यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारेमा ध्यान दिन जरुरी रहेको डाक्टर सिंहले बताएका हुन ।

हाम्रो छिमेकी देश भारतमा देखा परेको यो एचएमपिभि नेपालमा पनि खुल्ला सिमानाका भएकोले प्रवेश गर्न सक्ने उच्च जोखिम रहेको डाक्टर सिंहले बताएका छन् ।खासगरी यो एक प्रकारको श्वासप्रश्वासमा देखा पर्ने मौसमी परिवर्तनको रुघाखोकी जस्तै रहने यो भेरिएसन हो आतिहाल्नु पर्ने अवस्था नरहेको बताए ।

उनलेे भने हामीलाई कोरोना भाइरस बाट धेरै कुरा सिक्ने अवसर पाएकाले रुघाखोकी नाकघाटी दुखेको खण्डमा तातोपानी खाने साबुनपानीले हात घुने माक्र्स लगाउने भौतिक दुरीमा बस्ने सरसफाइमा ध्यान दिने र संक्रमितलाई आफुभन्दा केही टाढा राख्ने यस्तो गरेको खण्डमा वचन सकिने डाक्टर सिंहको भनाइ रहेको छ।

सरकारले अहिले त्यस्तो कुनै ब्यवस्थापन नगरेको भए पनि हामीले आपतकालीन अवस्था आए चार बेटको आइसुलेट राखिएको डाक्टर सिंहले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.