वीरगञ्जमा खानेपानी संस्थाको लापरवाही : एकातिर नागरिक प्यासै, अर्कोतिर लाखौँ लिटर पानी नालामा नासै

वीरगञ्ज १६ बैशाख  । वीरगञ्ज महानगरपालिका–११, श्रीपुरस्थित अलपाइन स्कुल नजिकै विगत एक हप्तादेखि खानेपानीको पाइप फुटेर निरन्तर पानी नालामा बगिरहेको छ। तर सम्बन्धित निकाय, वीरगञ्ज खानेपानी संस्थाले यसप्रति कुनै चासो नदेखाएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

Advertisement

स्थानीयका अनुसार दैनिक रूपमा लाखौँ लिटर पानी खेर गइरहेको छ। एकातिर सर्वसाधारणले पिउने पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ भने अर्कोतिर यति ठूलो मात्रामा पानी बर्बाद हुँदा पनि बिरगंज खानेपानी संस्थाले मर्मतसम्भारमा ढिलासुस्ती गरेको आरोप लगाउँदै आक्रोश पुखेको छ। 

“हामीलाई खानेपानीको पैसा दुई दिन ढिलो हुदा पैसा तिर्दा जरिवाना लगाइन्छ, तर खानेपानी संस्थाको कमजोरीले पानी खेर जाँदा कसैले जिम्मेवारी लिँदैन,” एक स्थानीयले गुनासो गरे , उनीहरूका अनुसार पानी अभावले दैनिक जीवन नै प्रभावित भइरहेको छ। साथै पानीको पाइप फुट्दा नालाका पानी समेत मिसिएर जाँदा जनताको स्वास्थ्यसँग खेलवाड भइरहेको स्थानीयको भनाइ रहेको छ ।

साथै पानीको पाइप फुटदा आवतजावतमा स्थानीयहरूलाई कठिनाइ भइरहेको तथा सवारी साधनहरूमा पनि कठिनाइ भइरहेको र छेउमै स्कुल रहेको र स्कुलका विद्यार्थीहरू बाध्य भएर कुटेको पानीको पाइपलाइनबाट फिगेर स्कुल जान बाध्य भइरहेको छन्।
स्थानीयवासीले तत्काल पाइप मर्मत गरी पानीको दुरुपयोग रोक्न माग गरेका छन्। यस्ता घटनाले संस्थाको कार्यशैलीप्रति गम्भीर प्रश्न उठेको उनीहरूको भनाइ छ।

यस विषयमा वीरगञ्ज खानेपानी संस्थाका जिम्मेवार अधिकारीसँग सम्पर्क गर्न खोज्दा प्रतिक्रिया प्राप्त हुन सकेको छैन। स्थानीयले चेतावनी दिएका भने , हामीले सरकारी संस्थाहरूमा कर कर्मचारीको मोजमस्तीको लागि तिरेको होइनै , स्थानीयले भने हामीले कर हाम्रो दुख परेको बेलामा सरकारले हेरोस भनेर कर तिरेको हौँ।

पानीको पाइप फुटलाले रोड हिलोमै , रोड बिग्रिने , सवारी साधन एक आपसमा ठोकिने , पानीले गर्दा रोड चिप्लो हुने लडेर कुनै दुर्घटना हुने जोखिम बढेको र ठूलो दुर्घटना हुने सम्भावना रहेकोले यथाशीघ्र समस्या समाधान नभए हामी स्थानीयवासी प्रतिकारमा उत्रिने छौँ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box