गाइको मासु तस्करीमा प्रहरी, जनप्रतिनिधि र क्वारेन्टाइनकै प्रमुखको संरक्षण

दिपक चौरसिया
बारा, १६ श्रावण / नेपालको रास्ट्रीय जानवर तथा हिन्दु धर्मावलम्बीले आमा सरह पुज्दै आएको गाइको मासु तस्करी तिब्र रूपले अगाडी बढेको पाइन्छ । बाराको एक मात्र मुख्य नाका रूपमा मटिअर्वा नाका हुदै जनप्रतिनिधि, प्रहरी र पशु क्वारेन्टाइन प्रमुखको संरक्षणमा गाइको मासु तस्करी तिब्र रूपले अगाडी बढेको पाइएको हो ।

सोमवार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले मटिअर्वा नाकाको छुट्टा छुट्टै स्थानबाट गाइको मासु सहित ५ जनालाइ नियन्त्रणमा लिएको थियो । तर गाइको मासु सहित पक्राउ परेका पाँच जना नै पक्राउ गरेको केहि घन्टामै उन्मुक्ति पाएका थिए । स्थानीय जनप्रतिनिधि लगायत बारा जिल्लाको बिभिन्न पालिकाका अध्यक्षको दवाब तथा आर्थिक प्रलोभनको लोभमा परि प्रहरी र पशु क्वारेन्टाइनका प्रतिनिधिको मिलोमतोमा गाइको मासु तस्करी गर्ने गिरोहलाइ उन्मुक्ति दिएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन ।

यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार गाइको मासु सहित ५ जना पक्राउ परेको बताए । उनका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर निवासि ३६ बर्सिय अलिराज मिया, सोही कलैया -१३ बस्ने १९ को मेराज मिया , कलैया उपमाहनगरपालिका वडा नम्बर १० मटिअर्वा निवासि तैयब मिया, फेटा गाउपालिका वडा नम्बर ३ बस्ने हैदर अलि मिया र पोखरिया नगरपालिका वडा नम्बर ८ बस्ने असरदिन हवारीलाइ गाइको मासु सहित पक्राउ गरिएको जनाएका थिए । प्रहरी उपरीक्षक बोगटीले पक्राउ पर्नेहरूलाइ नियन्त्रणमा राखि अनुसन्धान गर्ने जनाएपनि पक्राउ गरेको केहि घन्टामै ५ जनै उन्मुक्ति पाएका थिए ।

प्रहरी उपरीक्षकको भनाइ मात्र भासण बाहेक कार्यन्वयन नभएको स्पस्ट बुझिन सकिन्छ । यता जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी समेतले केहि कारवाहि नै नगरि गाइको मासु तस्करलाइ उन्मुक्ति दिएको स्पष्ट बुझिन सकिन्छ ।

हिन्दुहरूले माता स्वरूप पुजा गर्दै आएका गाइको मासु तस्करी गर्ने गिरोह बढ्दै गएको सोमवारको कार्य प्रगतिले प्रष्ट पारेको छ । तर गाइको मासु तस्करी गर्ने गिरोहलाइ उन्मुक्ति दिन पशु क्वारेन्टाइनका पदाधिकारीले समेत कम सहयोग गरेको पाइएन । बाराको मटिअर्वा भन्सार भित्र रहेको पशु क्वारेन्टाइनका प्रमुख रामाधार प्रसाद साहले समेत गाइ मासु तस्कर समुहलाइ सहयोग पुर्याउदै उन्मुक्ति गर्न सहयोग पुर्याएको खुलेको छ । गाइ मासु प्रत्येक तस्कर धरौटी वापत ५ हजारदेखि २५ हजार धरौटी राखि रिहा गर्नुपर्ने प्रावधान हुदा हुदै मात्र ५ हजार धरौटीमा रिहा गरेको पाइन्छ ।

गाइको मासु तस्करी गर्ने गिरोह मात्र मुस्लिम समुदाय रहेको र मुस्लिम जनप्रतिनिधि नै दवाब र आर्थिक प्रलोभन देखाए पश्चात ५ जनालाइ नै रिहा गर्न पशु क्वारेन्टाइन मटिअर्वाका प्रमुख रामाधार प्रसाद साहले सहयोग पुर्याएको स्थानीयले आरोप लगाएका छन । स्थानीयका अनुसार रकमको प्रलोभनमा परि हिन्दुहरूले माता स्वरूप मानिने गाइको मासु तस्करी गर्ने गिरोहलाइ सहयोग पुर्याउने पशु क्वारेन्टाइनका प्रमुखलाइ कारवाहि गर्न मध्यक्षेत्रीय पशु क्वारेन्टाइनका प्रमुख सङ्ग अपिल गरेको स्थानीय बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
4
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.