प्याब्सन वीरगंजको १६ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा चौधरी चयन ।।।

वीरगंज २२ पौष । वीरगंज निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल( प्याब्सन ) पर्साको १६ औ जिल्ला अधिवेशन बाट अध्यक्ष पदमा सरोज प्रसाद चौधरी चयन भएका छन् ।

होटल भिसुवामा भएको सो १६ औ जिल्ला अधिवेशनमा वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी र उपाध्यक्ष शिवजी गुप्ता बिच भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी निर्वाचन बाट निर्वाचित भएका हुन ।

शान्तिपूर्ण भएको मतदान कार्यक्रममा प्याब्सन संग आबद्धता भएका करिब ५१ वटा बिधालयका संचालकहरुले मतदान गरेकोे प्याब्सनका  निवर्तमान महानगर अध्यक्ष आलोक चौरसियाले जानकारी दिएका छन् ।

निर्वाचन बाट प्याब्सन पर्साको अध्यक्षमा सरोज प्रसाद चौधरी, वरिष्ठ उपाध्यक्षमा श्रीमती सुशिला साह, उपाध्यक्षमा श्री विरेन्द्र प्रसाद यादव, सचिवमा अशोक संग्रौला, कोषाध्यक्षमा  प्रविन चौधरी, सह कोषाध्यक्षमा सुदिल पटेल, सदस्यहरुमा श्रीमती मन्जु रानाभाट, श्रीमती अर्चना कुमारी र आभास क्षेत्रीलाई निर्वाचित भएको निवर्तमान जिल्ला अध्यक्ष पुरन प्रधानले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.