वीरगंज २० मंसिर। वीरगंज पर्ताविविध स्वास्थ्य क्रियाकलापहरमा महिला सामुदायिक स्वास्थ्य स्वायसेविकाको भू्सिका स्वस्थ ससाज निर्माणमा सहभागिता भन्ने नाराका साथ २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस को अवसर मा कार्यक्रम को आयोजना गरेको छ। बिरगंज महानगर पालिका को ३२ वटा वडाहरु मा आफ्नो सेवा दिदै आइरहेका छन। करि २०० वटा भन्दा बढी महिला स्वयंसेविकाहरु नियमित सेवा दिदै छन। बिगत को दिन मा संघ सरकार ले महिला स्वयंसेविकाहरु लाई योगदान दिदै आइरहेको थियो तर त्यो योगदान संघ सरकार ले रोकेको छ। स्थानीय सरकार ले स्वयंसेविकाहरु लाई योगदान दिरहेको छ। बिरगंज महानगर पालिका का उप प्रमुख तथा कार्यक्रम का प्रमुख अतिथि इम्तियाज आलम ले महिला स्वयंसेविकाहरु लाई सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ। महिला स्वयंसेविकाहरु को समाज मा ठुलो योगदान रहेको भनु भयो। उक्त कार्यक्रम को अध्यक्षता बिरगंज महानगर का ज.स्वा.नि. अनिल कुमार यादव रहनु भएको थियो अतिथिहरु मा ज.स्वा.नि.अनिल कान्त कुशवाहा,प.हे.न. अधिकृत मिरा यादव,ज.स्वा.नि.सुनिल कुर्मी ,सि.अ.नि.इन्द्रा,आयुर्वेद अधिकृत रुपनारायण झा,म.स्वा.से.से. अध्यक्ष शर्मिला न्यपाने,को.या.अ.रामबाबु,खुश्बु श्रीवास्तव लगायत को उपस्थिति रहेको थियो भने कार्यक्रम को आयोजना वीरगंज महानगरपालिका जनस्वस्थ्य प्रवर्द्धन शाखा ले गरेको थियो।