महानगरलाई हराभरा र स्वत्छ बनाउन खेतानलाइ संयोजकमा मनोनित

बिरगंज १८ मंसिर । वीरगञ्ज महानगरपालिकाले ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानलाई मनोनित गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको फोहर व्यवस्थापन तथा अनुगमन, वृक्षरोपण लगायतका कामको संयोजकमा खेतानलाई मनोनित गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले दिएको मनोनित पत्रमा उल्लेख छ ।

वीरगञ्ज महानगर क्षेत्रभित्र स्वच्छ, सुन्दर र हरियाली वातावरण निर्माणका लागि गर्नुपर्ने काममा संयोजन गर्न खेतानलाई जिम्मेवारी तोकिएको प्रमुख सिंहले बताए ।

ग्रिनसिटी क्षेत्रमा खेतानले गरेका काम सह्रानीय रहेको हुँदा उनले अब महानगरका अन्य क्षेत्रमा पनि त्यस्तै किसिमका योजना र काममा सहयोग गर्ने महानगरको विश्वास छ ।

आफुलाई दिएको जिम्मेवारी बहन गर्दै इमान्दारीतापूर्वक महानगरलाई हराभरा र स्वत्छ बनाउन काम गर्ने खेतानले प्रतिक्रिया दिएका छन् ।

Facebook Comments Box

समन्धित समाचार