Post Views: 92
काठमाडौं । एमालेका नेता तथा काभ्रेका नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा फेला परेकाे उक्त शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेकाे हाे । बम जस्तो देखिएपनि बम भने नभएको सेनाले जनाएको छ ।
प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर लगतै नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेकाे थियाे ।
आज बिहान बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला थियो । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0