पूर्वसञ्चार तथा सूचनामन्त्री बाँस्कोटाको घर बाहिर शंकास्पद वस्तु फेला

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर बाहिर एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ । उनि काभ्रे २ बाट हालै निर्वाचित सांसद एवं एमाले नेता गोकुल वास्कोटाको भक्तपुर स्थित घरमा शंकास्पद बस्तु फेला परेको छ ।

लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

अहिले नेपाली सेनाको टोलीले उक्त शंकास्पद बस्तु बम भए नभएको पत्ता लगाएर डिस्पोज गर्ने तयारी भएको छ ।

यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट भएको थियो ।

Facebook Comments Box

समन्धित समाचार