मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन वीरगन्जमा नेपथ्य लाईभ कन्सर्ट

बिरगंज १७ मंसिर। मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन वीरगन्जमा हुन लागेको ‘मानवताको लागि सांगीतिक यात्रा’ नामक नेपथ्य लाईभ कन्सर्टको तयारी पुरा भएको छ ।यहि मंसिर १९ गते सोमबार साँझ आर्दशनगर स्थित रंगशालामा सांगीतिक यात्रा’ नेपथ्य लाईभ कन्सर्ट हुन लागेको हो ।

Advertisement

कन्सर्ट बारे जानकारी गराउन शनिबार आयोजित पत्रकार सम्मेलनमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले देशभरी मानव सेवा आश्रमको आफ्नै भवन निर्माण र अक्षयकोष स्थापना गर्ने उद्येश्य लाईभ कन्सर्ट गर्न लागेको बताए ।विराटनगरमा शुक्रबार आयोजित पहिलो कन्सर्ट वीरगन्ज सहित देशभरका मुख्य १० शहरमा आयोजना गर्न लागिएको उनले बताए।

दोश्रो कन्सर्ट वीरगन्जको आदर्शनगर रङ्गशालामा मंसिर १९ गते आयोजना गर्न लागिएको भन्दै उनले वीरगन्जको कन्सर्टमा पाँच हजार भन्दा बढी दर्शकको सहभागिता रहने लक्ष्य लिएको बताए।मानव सेवा आश्रमको भवन निर्माणका लागी सहयोग जुटाउन कन्सर्ट हेर्न आउने दर्शकलाई एक हजार रुपैयाको टिकट राखिएको उनले बताए।

उनका अनुसार वीराटनगरको कन्सर्ट सकेर नेपथ्य सांगीतिक समुहको टोली वीरगन्ज आइसकेको छ । यसका साथै कन्सर्ट आयोजनास्थलमा मन्च लगायतको तयारी पनि पूरा भएको अधिकारीले जानकारी दिए ।

मानव सेवा आश्रमले वीरगन्ज महानगरपालिका १५ स्थित लक्ष्मणवा नौतनमा झण्डै १५ करोड रुपैको लागतमा भवन निर्माण गर्न लागेको छ ।उक्त भवन निर्माणका लागि नै आर्थिक सहयोग जुटाउन आश्रमले नेपथ्य लाइभ कन्सर्टले गर्न लागेको हो ।

शनिबारको पत्रकार सम्मेलनमा आश्रमका संरक्षक समेत रहेका मधेस विश्विवधालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्य, मानव सेवा आश्रमका प्रवक्ता सुमन बर्ताैला, मधेस प्रदेशका संयोजक देवेश गुप्ता लगायतको पनि उपस्थिति थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box