बिरगंज १७ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले पर्सामा अन्तर्घात गरेको भन्दै कारबाही गरिएको छ । यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नराम्रो तरीकाले हार व्यहोरेपछि नेकपा एमाले पर्सामा भाँडभैलो मच्चिएको छ।
नेकपा एमाले पार्टी पर्सामा चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि अन्तर्घात गरेको भन्दै कारबाही गरिएको हो। निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरी कारबाही गरेको जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारूले जानकारी दिए।
चुनावमा हराउन भूमिका खेल्नेहरूलाई कारबाही गरिएको थारूले बताए। सचिवालय कमिटीको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमाले पर्साका सचिव मनोज गुप्तासहित १४ जनालाई सधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको उनले बताए।
कारबाहीमा परेका सचिव गुप्ता वर्तमान छिपहरमाई गाउँपालिका अध्यक्ष पनि हुन्। यसैगरी, साधारण सदस्यसमेत नरहने गरी कारबाही पर्नेमा जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव, वडाध्यक्ष वासुदेव महतो थारू ताजदिन अन्सारी, इमरान हुसेन, मञ्जुर आलम, पवन तिवारी, सुबास साह कानु, वीरेन्द्र साह कानु जिल्ला सदस्य एवं छिपहरमाई गाउँपालिका–५ का वर्तमान वडाध्यक्ष मौजीलाल साह कानु, मुस्तकिम अन्सारी, रामप्रित महतो थारू, अमानत अन्सारी, नबिजान मियाँलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले पर्साका अध्यक्ष थारुले जानकारी दिए।
यस्तै उक्त सचिवालयको बैठकले पार्टीको निर्देशन विपरित काम गर्ने २६ लाई स्पष्टीकरण सोधेको छ । यसरी स्पष्टीकरण सोध्नेमा वीरगञ्ज महानगर कमिटिका उपाध्यक्ष महेश दास, नरेस टिवडेवाल, आमोद यादव, वीरगञ्ज महानगरपालिका वडा नंं. १७ का वडा अध्यक्ष संजिब बहादुर छत्कुली, विश्वराज कुर्मी, जितेन्द्र पटेल, सम्सुदिन अंसारी, सुनिल कुशवाहा, रामबाबु साह, प्रमोद यादव, महादेव साह कलवार, इनरदेव चौधरी, रामनाथ चौधरी, रामराज यादव, जिल्ला कमिटि सदस्यहरु हरिनारायण चौधरी, रामेश्वर साह कानु, फरिन्द्र कुशवाहा, जितेन्द्र साह कलवार, नाजिर मियाँ, गौरी शंकर साह कानु, महेन्द्र साह कलवार, विनोद साह कानु, विश्वेश्वर यादव, कुरान अलि, फुलमहमद मियाँ, रियाजुल मियाँ, र ठोरी गाउँपालिका कमिटिका अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठसहित पालिका कमिटीलाई पनि स्पषटीकरण सोधेको छ ।
पर्साको चार क्षेत्रमध्ये एउटामा मात्र एमालेले जितेको छ। प्रदेश सभाको आठ वटै क्षेत्रमा हार व्यहोरेको छ। एमालेले जसपासित गठबन्धन गरेर चुनाव लडेको थियो।