बीरगंज १७ मंसिर । ७१ औं गीता जयन्ती महायज्ञको वैदिक विधिद्वारा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोद गुप्ताले गीता मन्दिरमा एक कार्यक्रमका बीच हवन कुण्डमा अग्नी प्रज्वलित गरी पुर्वाङ्गका साथै पुजाआजा गरि शुभारम्भ गर्नु भएको छ ।
महायज्ञको शुभारम्भ गर्दै अध्यक्ष गुप्ताले बीरगंजमा निरन्तर गीता जयन्तीको आयोजना भइरहेको खुशी ब्यक्त गर्नु भयो ।
महायज्ञका यजमान वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताद्वारा गीता जयन्ति महायज्ञमा संलग्न आचार्य, उपाचार्य तथा ब्राम्हणहरुको वरण गराउनु भएको थियो । कथा प्रवचन गीता मन्दिरमा मोक्षदा एकादशी मंसिर १७ गते देखि सुरु भएको महायज्ञ २७ गतेसम्म चल्ने मन्दिरका महासचिव सरोज राणाले बताउनु भयो ।
उक्त महायज्ञ बिहान ९ बजे देखी १२ बजे सम्म र दिउसो २ बजे देखी ५ बजे सम्म चल्ने महासचिव राणाले बताउनु भयो । ७१ बर्षदेखि नेपालमा निरन्तर गीता जयन्तीको आयोजना भइरहेको स्वामी अजय भारतीले बताउनु भयो । गीता अध्ययन मण्डलका संस्थापक ब्रम्हलीन १००८ स्वामी इश्वरानन्दले गीता जयन्तीको सर्वप्रथम शुभारम्भ गर्नुभएको थियो ।
गीता मन्दिर संचालक समितिका अध्यक्ष मदन गुप्ताले सहयोग गर्ने सम्पूर्ण दाता तथा भक्तजनहरुलाई महायज्ञमा सहभागी भई पुण्यको भागी बन्न आग्रह समेत गरेका छन ।
पुर्वाङ्ग समारोहमा गीता मन्दिरको महन्थ भारत, वाराणासीबाट पाल्नु भएको साधु समाजको ठूलो अखडा पञ्चायती अखडा महा निर्वाणी, शिवालायघाट वाराणासीका थानापति स्वामी अजय भारती, कथावाचक मुख्य आचार्य उमानाथ गजुरेल, उपाचार्य बिनोद सापकोटा, गीता मन्दिरका पुजारी अन्जनी चौबे, माईस्थान मन्दिर समितिका संचालक समितिका पुर्व अध्यक्ष, महासचिव फुलचन्द अग्रवाल, बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोद गुप्ताकी श्रीमति रानी गुप्ता, डा.प्रमोद सर्राफ, श्याम पोखरेल लगायत सयौ भक्तजन, ब्राम्हण, स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
बीउवासंघका अध्यक्ष गुप्ताद्वारा गीता जयन्ती महायज्ञको पुर्वाङ्ग

Facebook Comments Box