बिरगंज १७ मंसिर । धनुषामा ईटहरीबाट जन्ती बोकेर आँउदै गरेको जीप धनुषामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । शनिबार बिहान इटहरीबाट जन्ती लिएर धनुषातर्फ जाँदै गरेको जीप दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा बा १ ज ८२९३ नम्बरको जीप शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा मृत्यु हुने पाँचै जनाको परिचय खुलेको हो । प्रहरी प्रमुख बसन्त रजौरेका अनुसार धनुषाकी २९ वर्षीय रुवी साह, महत्तरीका १७ वर्षीया मञ्जु साह, १३ वर्षीया सिर्जना साह, विंगर चालक धनुषाका २५ वर्षीय अब्दुल मंसुर र ११ वर्षीय बालक एस कुमारको मृत्यु भएको हो।
मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् जसमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीया रुवीकुमारी साह छिन्। अन्यको सनाखत हुन बाँकी छ ।
घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।