थापथलीमा सुकुम्बासी बस्ती हटाउन जाँदा आक्रमण गर्ने १८ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी

काठमाडौं १५ मंसिर । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले गत सोमबार काठमाडौँको थापथलीमा सुकुम्बासी बस्ती हटाउन जाँदा आक्रमण गर्ने १८ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिने भएको छ ।

Advertisement

महानगरीय प्रहरी परिसर टेकुमा घाइते नगर प्रहरीहरुले किटानी जाहेरी दर्ता गर्न लागेका काठमाडौं महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए।

अर्याल भन्छन्, ‘आज घाइतेहरुको तर्फबाट प्रतिकार गर्नेहरुको नाम सहित टेकु परिसरमा महानगर प्रहरीले किटानी जाहेरी दिँदै छौं, पत्र समेत तयार भइसकेको छ ।’

गत सोमबार महानगरप्रहरी काठमाडौं ११ थापाथलीस्थित बागमती किनारमा रहेको अव्यवस्थित बस्ती हटाउन जाँदा बस्तीमा रहेकाहरुले नगरप्रहरीमाथि घरेलु हतियारसहित आक्रमण गरेका थिए ।

त्यसक्रममा ३६ जना नगर प्रहरी घाइते भएका थिए । जसमा ३ जना गम्भीर भएको नगर प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box