मधेशी समुदायलाई गाली गर्नेलाई छानबिन गरी कारबाही गर्न मधेशी आयोगद्वारा प्रहरीलाई पत्राचार

बिरगंज १५ मंसिर । भाइरल भिडियोको छानबिन गरी कारबाही गर्न मधेशी आयोगद्वारा प्रहरीलाई पत्राचार विगत केही दिनदेखि सामाजिक संजालमा भाइरल मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडिओप्रति मधेशी आयोगले कारबाहीको प्रक्रिया अघि बढाएको छ । मधेशी समुदायका अगुवाले आयोगमा यस बारेमा उजुरी दिएपछि आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा आयोगले उजुरीलाई दर्ता गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

Advertisement

काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र मधेशी समुदायलाई धोती जस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग गरेको भिडिओ अहिले सामाजिक संजालमा निकै भाइरल छ । आयोगले गृह मन्त्रालय र नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारबाही गर्न पत्राचार गरेको आयोगका अध्यक्ष दत्तले नेपाल प्रेसलाई जानकारी दिए ।

समाजमा चेतनाको स्तर अझै पनि नबढेकोले गर्दा मधेशी समुदायले समय-समयमा यस्ता विभेदपूर्ण कुराको सामना गर्नु परिरहेको अध्यक्ष दत्तले बताए ।

उनले आयोगमा सबै भन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीप्रति आफु सचेत रहेको तथा आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अघि बढाउने गरेकोसमेत बताए ।

मधेशी समुदायप्रति प्रहार नगर्न पनि अध्यक्ष दत्तले सबैलाई अनुरोध गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box