बिरगंज १४ मंसिर । बिरगंज राजस्व कार्यालयले राजस्व संकलनमा ४ महिना यता घट्दै गएको छ । देशकै
प्रमुख व्यापारिक नाका चिनिएको बिरगंज यस पालि राजस्व संकलनमा पछिल्लो ४ महिना यता घट्दै गएको छ ।
बिरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले गत कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व संकलन गरेको छ । गत साउनमा १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकोमा कार्यालयले १२ अर्ब ९८ करोड ९९ लाख मात्र संकलन गरेको थियो ।
गत भदौमा १९ अर्ब २९ करोड ४५ लाख राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले १४ अर्ब १४ करोड २५ लाख मात्र संकलन गरेको बीरगन्ज भन्सार कार्यालयले जनाएकाे छ । कात्तिकमा २१ अर्ब ६५ करोड ४२ लाख राजस्व संकलनको लक्ष्य राखिएकोमा १२ अर्ब ९२ करोड ४६ लाखमात्र संकलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयबाट सबै भन्दा बढी राजस्व संकलन हुने बाहन, इन्धन लगायत १० वस्तुको आयातमा सरकारले लगायको प्रतिबन्धका कारण राजस्व संकलनमा ह्रास आएको हो ।