प्रतिनिधि श्रेष्ठ र प्रदेश सदस्य सोनालाई स्थानीयले १५१ किलोको मालाले सम्मानित

दिपक चौरसिया
बिरगंज ११ मंसिर । बारा जिल्ला क्षेत्र नम्बर – ४ बाट पाँच दलीय गठबन्धनको तर्फबाट निर्वाचितहरुलाई सम्मानीत गरिएको छ । बारा क्षेत्र नम्बर ४ मा निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यमा कृष्ण कुमार श्रेष्ठ( किसान ) तथा प्रदेशसभा सदस्य जितेन्द्र सोनाललाई १ सय ५१ किलोको माला लगाएर सम्मानित गरिएको हो ।

Advertisement

पाँच दलीय गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ मा निर्वाचित नेकपा एकीकृत समाजबादी (एस) का प्रतिनिधीसभा सदस्य श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य सोनार (सोनल) लाई आज एक कार्यक्रमको आयोजना गरि स्थानीयहरुले १ सय ५१ किलोको माला लगाई दिएर खुशी मनाएका हुन ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य श्रेष्ठ र मधेस प्रदेश सदस्य सोनालले मतदाताहरुलाई धन्यवाद दिनुको साथै अब मतदाताको हकहितका लागि आफुहरु काम गर्ने बताएका छन । दुवै नेतालाई विश्रामपुर गाँउपालिका वडा नम्बर ४ को बलिरामपुरमा स्थानीयहरुले १ सय ५१ किलोको माला लगाएर स्वागत गरेको मधेस प्रदेश सदस्य सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिनुभएको छ।

मङ्सिर ४ मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एकीकृत समाजबादी एसका उम्मेदवार श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा र लोसपाका उम्मेदवार सोनल बारा क्षेत्र नम्बर ४(ख) बाट प्रदेशसभा सदस्यामा निर्वाचित भएका छन् । नवनिर्वाचित दुबै जनाले अबको समय भनेको जनताहरु जागरप भई सकेकोले अब यो निर्वाचन बाट आफुहरुले राम्रो पाठ सिकेको नवनिर्वाचित प्रदेश सदस्य सोनालको भनाइ रहेको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box