दिपक चौरसिया
बिरगंज ८ मंसिर । पर्साका प्रतिनिधि सभा सदस्य १ देखि ४ क्षेत्र र ८ ओटा प्रदेश सभा सदस्यको नतिजा सार्वजनिक भएको छ । मंसिर ४ गते देशभर एकैसाथ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भए संगै पर्साका चारै क्षेत्रका नतिजा सार्वजनिक भएको छ ।
पर्सा निर्वाचन क्षेत्र नं १ मा जसपा–एमाले गठबन्धन तर्फबाट जसपाका उम्मेदवार प्रदिप यादव निर्वाचित भएका छन । कुलमत परिणमको २२ हजार ५ सय ३७ मत प्राप्त गरेका थिए । भने उनका प्रतिद्धन्द्वी तर्फका स्वतन्त्र उम्मेदवार १ हजार ६ सय २० मतले पछी छोडदै यादव निर्वाचित भएका छन । प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गरेका छन ।
क्षेत्र नम्बर १ को `क´ मा प्रदेश सदस्यमा बम गठबन्धनका उमेदवार नेकपा माओवादी केन्द्रका रहबर अंसारीले ७८१७ मत प्राप्त गरि बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा जसपा र एमालेका उमेदवार बिचारी यादव ५५१८ मत ल्याइ पराजय भएका हुन ।
क्षेत्र नम्बर १ को `ख´ मा एमाले जसपा गठबन्धनका उमेदवार मुख्य मन्त्री लालबाबु राउत गढीले ७५४५ मत प्राप्त गरि बिजयी भएका छन ।उनका प्रतिद्वन्द्वी बम गठबन्धनका नेपाली काङ्ग्रेसका उमेदवार रामनारायण कुर्मी ६२१२ मत प्राप्त गरि पराजय भएका हुन ।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत ल्याए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।
क्षेत्र नम्बर २ को `क´ मा बम गठबन्धनका नेपाली काङ्ग्रेसका उमेदवार श्याम पटेल १३७८४ मत प्राप्त गरि बिजयी भएका छन उनका प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनका उमेदवार जसपाका रामनरेश प्रसाद यादव १२१२७ मत प्राप्त गरि पराजय भएका हुन।
क्षेत्र नम्बर २ को `ख´ मा बमगठबन्धनका लोसपाका उमेदवार रमेश पटेलले ९४७१ मत प्राप्त गरि बिजयी भएका छन उनका प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार रुपेशमान सिंहलाई पराजित गरेका हुन उनलेे ६८३४ मत प्राप्त गरेका थिए।
क्षेत्र नं ३ प्रतिनिधी सभा सद्स्य तर्फका जसपा–एमाले गठबन्धनबाट एमालेका उम्मेदवार राजकुमार गुप्ता प्रतिद्धन्द्धीलाई १ सय ५१ मतले पछि छोडदै निर्वाचित भएका छन। गप्ताले २४ हजार २ सय ६० मत प्राप्त गरेका छन । त्यसैगरी उनका प्रतिद्धन्द्धी सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले २४ हजार १ सय ९ मत प्रप्त गरेका छन ।
क्षेत्र नम्बर ३ को `क´ मा स्वतन्त्र उमेदवार प्रमोद प्रसाद जैसवालले ६२१३ मत ल्याइ बिजयी भएका छन उनका प्रतिद्वन्द्वी एमाले जसपाबाट गठबन्धनका उमेदवार अब्दुल रहिम ४३६६ मत प्राप्त गरि पराजय भएका हुन ।
क्षेत्र नम्बर ३ को `ख´मा बम गठबन्धनका नेपाली काङ्ग्रेसका उमेदवार जनार्दन सिंह क्षेत्रीले ६४०० मत प्राप्त गरि बिजयी भएका छन भने उनका प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनका उमेदवार जसपाका मधु गुप्तालाई पराजय गरेका हुन उनलेे ४६०८ मत प्राप्त गरेका थिए ।
क्षेत्र नम्बर ४ मा बम गठबन्धनका उमेदवार नेपाली काङ्ग्रेस बाट प्रतिनिधि सभा सदस्यमा ३११४२ मत प्राप्त गरि रमेश रिजाल बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमाले र जसपाका गठबन्धनका उमेदवार जालिम मियाँ मंसुरीलाई पराजय गरेका हुन उनलेे २५६१९ मत प्राप्त गरेका थिए।
क्षेत्र नम्बर ४ को `क´ मा बम गठबन्धनका नेपाली काङ्ग्रेसका उमेदवार शंकर चौधरीले १२१५४ मत प्राप्त गरि बिजयी भएका छन भने उनका प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनका एमालेका उमेदवार जयप्रकाश थारूले १०४३८ मत प्राप्त गरि पराजय भएका हुन ।
क्षेत्र नम्बर ४ को `ख´ मा एमाले जसपा गठबन्धनका जसपाबाट उमेदवार भएका सिगासन कलवारले १५८८५ मत प्राप्त गरि बिजयी भएका छन।उनका प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार प्रल्लाद साहले १२६४१ मत पाएर पराजय भएका हुन।क्षेत्र नम्बर १ मा ७७९३३ मतदाताहरु रहेकोमा ५१३७९ जनाले मतदान गरेका थिए।हाल सम्म मत गणना भएको ४०२०१ र बाकी १११७८ गन्न रहेको निर्वाचन आयोगले जनाएको छ।
यसि गरि पर्सामा प्रतिनिधि सभा सदस्यमा १ सिट र प्रदेश सदस्यमा २ सिट जसपाले जितेको छ भने काग्रेसले प्रतिनिधि सभा सदस्यमा २ सिट र प्रदेश सभा सदस्यमा ३ सिट जितेको छ भने एमालेले प्रतिनिधि सभा सदस्यमा १ सिट जितेको छ र लोसपाले एक सिट प्रदेश सभा सदस्य जितेको र एक जना स्वतन्त्रले प्रदेश सभा सदस्यमा जितेको छ ।