दिपक चौरसिया
बिरगंज ४ मंसिर । पर्सामा प्रतीनीधी सभा र प्रदेश सभातर्फको निर्वाचन शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । पर्सामा प्रतीनीधी सभा र प्रदेश सभातर्फको निर्वाचनमा ५२ प्रतीशत मतदान सम्पन्न भएको प्रारम्भिक अनुमान गरीएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जनाएका छन् ।
१ सय ६७ मतदान स्थलमा तयार गरिएको ४ सय १२ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको हो ।निर्वाचन आयोगले तोके अनुसार आज विहान ७ बजेदेखी साँझ ५ बजेसम्म ५२ प्रतीशत मत खसेको प्रारम्भिक अनुमान गरीएको उनले बताए ।
पर्सामा प्रतीनीधी सभा र प्रदेश सभातर्फको निर्वाचनमा ५२ प्रतीशत मतदान सम्पन्न भएको प्रारम्भिक अनुमान गरीएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जनाएका छन् । ‘मतदान अधिकृत आएर मतपेटिका नबुझाएसम्म यकिन तथ्यांक आउँदैन,’ उनले भने, ‘सुरक्षा निकायले संकलन गरेको विवरण अनुसार ५२ प्रतिशत मत खसेको अनुमान छ ।
पर्सामा ४ प्रतीनिधी सभा र ८ प्रदेश सभा सदस्यका लागि आज भएको मतदानमा प्रतीनीधी सभा सदस्य तर्फ ५३ र प्रदेश सभा सदस्य तर्फ १ सय ८ जनाले उम्मेवारी दर्ता गराएका हुन् ।
पर्सामा मतगणनाका लागि २ वटा स्थान तोकीएको छ । पर्सा क्षेत्र नम्बर १ र २ को लागि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस र पर्सा क्षेत्र नम्बर ३ र ४ का लागि पोखरीया हाईस्कुल तोकीएको पोखरेलले बताए ।
’ ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पर्सामा ७० प्रतिशत मत खसेको थियो । ४ वटा निर्वाचन क्षेत्र रहेको पर्सामा ३ लाख ४५ हजार ९ सय २८ मतदाता छन् ।