बिरगंज ४ मंसिर । पैसा बाड्न हिडेका पर्साका एक उमेदवारलाई प्रहरीले पक्राउ गरेको छ । मौन अवधिमा आचारसंहिताको उलंघन गर्दै मतदातालाइ पैसा बाड्न हिडेका पर्सा क्षेत्र नम्बर १ को (क) प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार किशोर प्रसाद यादव पक्राउ परेका छ्न ।
निर्वाचनको पुर्व सन्ध्यामा मतदातालाइ प्रभावमा पार्न निर्वाचन आचारसंहिता बिपरित यादव पैसा बाड्न लगिएको १ लाख सहित पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीबाट स्वतन्त्र उम्मेदवार किशोरी प्रसाद यादवलाई १ लाख रुपैया नगदसहित प्रहरीले केही बेर पहिला पक्राउ गरेको हो । यादव, पर्सागढी नगरपालिका वडा नम्बर ६ निवासि हुन् ।
प्रचारप्रसार गर्न नपाउने भनेर स्थिर समय शुरु भइसकेपनि यही समयमा मतदाता रिझाउन रकम बाँड्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । यादवको साथबाट १ लाख रुपैया नगद फेला परेको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।