पर्सामा नक्कली मतपत्र र गाडीसहित एक जना पक्राउ

बिरगंज ३ मंसिर । पर्सामा नक्कली मतपत्र र गाडीसहित एक जना पक्राउ परेका छन् । पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जालिम मियाँका छोरा नमुना मतपत्र र स्वस्तिक छापसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहवीर अहमद रहेको प्रहरीले जनाएको छ। उनलाई नक्कली मतपत्र र स्वस्तिक छाप सहित पक्राउ गरिएको हो । उनीसँगै गाडीका चालक सुरज साहलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

शनिबार दिउँसो कालिकामाइ गाउँपालिका-१ मुडलीमा सवारी साधन चेकजाँचका क्रममा बा १४ च ४७४८ नम्बरको हाइलेक्स गाडी रोकेर चेकजाँच गर्दा गाडी भित्रबाट नक्कली मतपत्र ५०८ थान र स्वस्तिक छाप ४ थान बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

मौन अवधिको समयमा चुनाव प्रचारप्रसारका लागि कुनै पनि गतिविधि गर्न नपाइने भएपनि गाडीमा मतपत्र र स्वास्तिक छाप बोकेर हिडेको अवस्थामा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको गिरीले बताए। 

बरामद मतपत्र, स्वस्तिक छाप र गाडीसहित दुवै जनालाई पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाइएको उनले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.