बिरगंजको बसपार्कबाट १० हजार नक्कली मतपत्र र नगदसहित दुईजना पक्राउ

बिरगंज २ मंसिर । बिरगंजको बसपार्कबाट १० हजार नक्कली मतपत्र र नगदसहित दुईजना पक्राउ परेका छन् । वीरगञ्जको बसपार्क सडकखण्डबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले दुई लाख ७२ हजार नगद र नक्कली मतपत्रसहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

नक्कली मतपत्र र नगदसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।

बाराको कलैयाबाट वीरगञ्ज आउँदै गरेको बा. प्रदेश १– १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् ।

उनीहरूको साथबाट फेला परेको नक्कली मतपत्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूको साथमा साइकल छापको करिब ७ देखि ८ हजार प्रति नक्कली मतपत्र भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.