Post Views: 89
बिरगंज २ मंसिर । नेपाल भारत सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समयमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी सीमा नाका बन्द गर्ने दुईबीचको सहमति अनुसार बिहिबार मध्यरातिदेखि बन्द गरिएको छ ।
निर्वाचनमा विभिन्न खालका आपराधिक क्रियाकलाप हुनसक्ने र यसले दुवैदेशको शान्ति सुव्यावस्थामा खलल पु¥याउने भएकोले दुवैतर्फ आवत जावत बन्द गरिने प्रचलन अनुसार गएको मध्यरातिदेखि मतदानको दिन बेलुकासम्म सीमानाकाबाट आवतजावतमा पूर्ण रुपमा रोक लगाईएको छ ।
वीरगन्ज राक्सोल नाकामा नेपालतर्फ गेट लगाईएको छ । दुवैतर्फ सीमानाका बन्द गरेर सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0