दिपक चौरसिया
बिरगंज २९ कार्तिक
बीरगंज कलेज दुारा दुई दिने ब्यक्तिगत गतिशीलमा स्वागत र प्रशिक्षण कार्यक्रम आज देखि स्थानीय होटल भिसुवामा शुरु भएको छ । बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पानसमा बति बालेर उदघाटन गर्नु भएको हो ।उहाँले बीरगंज बनाउनमा यहाँका युवा शक्तिको आवश्यक रहेकोले विदेश नगएर बीरगंज बनाउनमा सहयोग गर्न अपिल गर्नु भएको छ । उनले भने बीरगंजलाई हेर्न र घुम्न लाएको बैशाख बाट गर्न लागेको बताउदै अब हाम्रो बीरगंज राम्रो बीरगंज कसरी बनाउने भन्ने चिन्ता सबैले लिनुपर्ने बताए ।
बीरगंजमा अहिले विभिन्न अनलाइन फेषबुक लगायतहरुमा कहिले नभएको प्रोपोगन्डा आइरहेकोले जसरी हिटलरले एउटा झुटो कुरालाई दशपटक लेख्न लगाउने र जनतालाई झुकाउने काम गरेको थियो आखिर अन्तमा उनको हार भएको इतिहास रहेको सो कलेजको स्वागत तथा प्रशिक्षण कार्यक्रममा नगर प्रमुख सिंहले बताउनु भएको छ।
विद्यार्थी जिवनमा कहिले हरेस खान नहुने अहिलेको मुख्य कुरा शिक्षा नै भएकोले जति पढ्न सकिन्छ त्यति पढ्न सुझाव दिदै आफ्नो लक्ष्यमा पुग्न सर्घष जारी राख्नु पर्ने भएकोले जसरी आफुले पटकपटक गरेर आज तेस्रो पटक जित हासिल गरेकोले विद्यार्थी भाइबहिनीहरुले पनि हरेस नखान आग्रह गदै आफ्नो गन्तव्यमा पुग्न कोशिश गरे एक दिन अवश्य पुग्ने नगर प्रमुख सिंहको धारणा रहेको छ ।
बीरगंज कलेजका संचालक डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको उदघाटन समारोहमा मधेस प्रदेश उघोग वाणिज्य संघका अध्यक्ष एवम् साहित्यकार गणेश लाठ,प्याब्सन महानगर अध्यक्ष एवम् सनलाइट माविका डाइरेक्टर एवम् प्रिन्सिपल आलोक चौरसिया,बीगंज उघोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम ,बैंकक काठमाडौंका सुरेश यादव ,सिए सुरेश खडेवाल,बीरगंज कलेज प्रशासन प्रमुख सुरेश चौधरी ,गौतम माविका डाइरेक्टर सोनम लामा ,मिरमिरे अनलाइनका दिपक चौरसिया एवम् प्रध्याप शिक्षक,विद्यार्थी ,पत्रकार लगायतको उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण विद्यार्थी सुनिता साह र निरज यादवले गरेका थिए।