पर्सामा स्वतन्त्र उम्मेद्वारहरुको लहर सिंहलाई जिताउन मतदाता आफैं जुटे घरदैलोमा

बिरगंज २६ कार्तिक ।
प्रदेशसभाका स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन भन्दै वीरगञ्जको वडा नम्बर २४ का मतदाता आफैं अग्रसर बनेर घरदैलोमा जुटेका छन् ।
शनिबार बिहानैबाट स्थानीय मतदाताहरु वडा नम्बर २४ रामगढवाको घरघरबाट जम्मा भएर सिंहको पक्षमा मतदानको आह्वान गर्दै घरदैलो अभियानमा सहभागि भएका हुन् ।
पर्साको निर्वाचन क्षेत्र नम्बर २(ख)बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहको पक्षमा मतदानको आह्वान गर्दै मतदाता स्वस्फूर्त घरघरबाट निस्किनुले उनको जित निश्चित देखिएको स्थानीय बताउँछन् ।
दलीय गठबन्धनका उम्मेद्वारले केही गर्न नसक्ने भन्दै स्थानीयले अब काठमाण्डौमा स्वतन्त्र उम्मेद्वार विजयी हुँदा भएका काम जस्तै यहाँ पनि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहलाई विजयी बनाए आफ्नो क्षेत्रले फड्को मार्ने विश्वास लिएका छन् । बिहानै देखि घरदैलोमा निस्किएका सिंहले स्थानीयको प्रतिकृया, सुझाव लिनुका साथै आफ्ना प्रतिबद्धता पनि मतदातासामु राखेका थिए ।

Advertisement

आफू निर्वाचित भए जनचाहना बमोजिम नै काम गर्ने भन्दै उनले अहिले पनि जनताकै बीचमा रहेर सेवा गरिरहेको बताएका थिए । चुनावका बेला मात्रै अनुहार देखाउनेलाई नभई हरसमय जनताकै माझ रहनेलाई चुनाव जिताएर पठाउन उनको आग्रह थियो । घरदैलो अभियानमा अग्रज, युवा, महिला, बुद्धिजिवि लगायतको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box