ऊर्जा खबरमा नयाँ जिम्मेवारी: मधेश प्रदेश संयोजक बने सन्तोष मिश्र

काठमाडौँ । ऊर्जा खबरले मधेश प्रदेश संयोजकका रूपमा पत्रकार सन्तोष कुमार मिश्रलाई नियुक्त गरेको छ। पत्रकारितामा करिब दुई दशकको अनुभव रहेका मिश्रलाई मधेश प्रदेशमा ऊर्जा विकासका सम्भावना र चुनौतीबारे केन्द्रित रहेर समाचार संप्रेषण गर्ने जिम्मेवारी दिइएको हो।

Advertisement

नयाँ संयोजक मिश्रलाई ऊर्जा खबरका सल्लाहकार तथा उद्यमी जीवा लामिछानेले विशेष समारोहका बीच खादा ओढाएर स्वागत गरे। लामिछानेले ऊर्जा खबरले तथ्यमा आधारित पत्रकारिता गर्दै आएको उल्लेख गर्दै यसको विश्वसनीयता कायम राख्दै प्रभावकारी समाचार सम्प्रेषण गर्न सुझाव दिए।

कार्यक्रममा ऊर्जा खबरका विशेष सम्पादक तथा ऊर्जा उद्यमी सूर्यप्रसाद अधिकारी र सम्पादक लक्ष्मण वियोगीले मिश्रलाई मधेश प्रदेशमा ऊर्जा विकासको सम्पूर्ण पक्षलाई समेटेर जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे।

सन् २००३ देखि पत्रकारिता क्षेत्रमा सक्रिय मिश्रले विशेष गरी राजनीति र अपराध अनुसन्धानका विषयमा कलम चलाउँदै आएका छन्। उनले नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समिति सदस्यको रूपमा पनि जिम्मेवारी निर्वाह गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box