वेल्समाथि सानदार जित निकाल्दै डेनमार्क क्वार्टरफाइनलमा

काठमाडौं । डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सकिएको खेलमा वेल्समाथि ४-० गोलको सानदार जित निकाल्दै डेनमार्क अन्तिम आठमा पुगेको हो। डेनमार्कको जितमा डोलवर्गले दुई गोल गरे। उनले खेलको २७ र ४८ मिनेटमा गरी दुई गोल गरेका हुन् 

Advertisement

यस्तकै मइल्हेले ८८ मिनेटमा डेनमार्कका लागि तेस्रो गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बाथवेटले अर्को गोल गरेपछि डेनमार्कले सानदार जित हात पारेको हो। खेलको अन्त्यतिर वेल्सका ह्यारी विल्सनले रातो कार्ड पाएका थिए। विपक्षी खेलाडीलाई डरलाग्दो ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधा रातो कार्ड दिएका थिए। अब अन्तिम आठमा डेनमार्कले नेदरल्यान्ड्स वा चेकमध्ये एक टिमसँग भिड्नेछ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box