प्रथम प्याब्सन अन्तर महिला क्रिकेट प्रतियोगिताको महिला क्रिकेटको उपाधि गौतम स्कुल र पुरुषमा ओम नेशनल स्कुलले बिजय

वीरगंज १३ फागुन । वीरगंजको ज्ञान्दा एकेडेमीको खेल मैदानमा जारी प्रथम प्याब्सन अन्तर महिला क्रिकेट र १२ वर्ष मुनिका जुनियर अन्तर बिधालय क्रिकेट प्रतियोगिताको महिला उपाधि गौतम स्कुल र पुरुषमा ओम नेशनल एकेडेमीले जित हासिल गरेको छ।

Advertisement

मंगलबार अन्तिम खेलमा छात्रा तर्फ गौतम स्कुल र ओम नेशनल एकेडेमी बिच भएकोमा गौतम स्कुलले ओम नेशनल एकेडेमीलाई पराजित गदै यो वर्षको प्रथम प्याब्सन अन्तर महिला क्रिकेटको उपाधि हात पारेको हो उपविजेता ओम नेशनल एकेडेमी भएको थियो ।

त्यसैगरी तर्फ १२ वर्ष मुनिका जुनियर अन्तर बिधालय क्रिकेट प्रतियोगितामा ओम नेशनल एकेडेमी र बिधा सागर एकेडेमी बिच भएको छात्र खेलमा ओम नेशनल एकेडेमी स्कुलले यो वर्षको उपाधि जित हासिल गरेको छ ।

विजेता तथा उपविजेताहरुलाई बीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

उनलेे भने बीरगंज महानगरपालिकाबाट गर्नुपर्ने सहयोग सधैं जारी रहने प्रतिबद्धता जनाउनु भएको छ। खेल क्षेत्र बाट अनुशासन तथा ब्यक्तिगत विकास हुनुको साथै राष्ट्रलाई पहिचान दिन ठूलो मद्दत पुग्ने धारणा राख्नु भएको थियो ।

अहिले निजी बिधालयहरुले शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत ठूलो योगदान गरिरहेकाले यसलाई निरन्तरता जारी राख्न प्याब्सनका पदाधिकारीहरुलाई अपिल गर्नुभएको छ।

गौतम स्कुलका श्रेखा बस्नेत बेस्ट खेलाडी घोषित भएकी थिइन् । जुन प्याब्सन महानगर सचिव अमित आलोकले जानकारी दिनुभएको छ बिजेता टिमहरुलाई प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधानले सम्मानित गर्नुभएको थियो।

प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह ,जीवन ज्योति माविका प्रिन्सिपल शिवजी गुप्ता ,गौतम स्कुलका डाइरेक्टर सोनम लामा, लिटिल एन्जलका डाइरेक्टर मनि पाख्रिङ,प्रिन्सिपल सन्नी पाख्रिङ्ग,ओम नेशनल एकेडेमीका प्रिन्सिपल हरि श्याम ठाकुर लगायतलाई शिक्षा क्षेत्र तथा प्याब्सनमा रहेर योगदान गरेकोमा सम्मानित गरिएको थियो ।भने उत्कृष्ट खेलाडीहरुलाई समेत सम्मानित गरिएको सचिव अमित आलोकले जानकारी दिएका छन् ।

उत्कृष्ट ब्याटम्यान किपर,उत्कृष्ट फिल्डीङ,उत्कृष्ट म्यान अफ द म्याच घोषित भएकाहरुलाई समेत सम्मान गरिएको हो भने २१ वटा बिधालयहरुलाई मायाको चिनोले सम्मानित गरिएको प्याब्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तवले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box