सगरमाथ एकेडेमीका विद्यार्थीहरुले बिज्ञान प्रदर्शन

 

Advertisement

वीरगंज ११ फागुन । वीरगंज महानगरपालिका वडा नम्बर १२ मा रहेको सगरमाथ एकेडेमीका विद्यार्थीहरुले बिज्ञान प्रविधि सम्बन्धि विभिन्न प्रदर्शनी गरेका थिए।

सगरमाथा एकेडेमीका संस्थापक प्रिन्सिपल जियालाल गुप्ताको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलको प्रमुख आतिथ्यमा सो प्रविधि बिज्ञानको प्रदर्शनी भएको हो ।

प्रमुख अतिथि पटेलले उदघाटन समारोहमा अहिले प्रविधि र डिजिटलको समय भएकोले त्यहीँ अनुसार विद्यार्थीहरुलाई पनि शिक्षा दिनुपर्ने बताए ।त्यसैगरी बीरगंज कलेजका अध्यक्ष दिपेन्द्र चौधरीले यो बिज्ञान प्रदर्शनी आफ्नो घर ब्यवहारमा पनि लागू गर्नुपर्ने बताएका हुन ।

हामीले अहिले केवल किताबको ज्ञानले मात्र नपुग्ने भएकोले अतिरिक्त क्रियाकलापको धेरै महतो रहेको धारणा राख्नु भएको थियो ।कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरुले विभिन्न प्रविधि संग जोडिएका बिज्ञान बिषयहरु प्रदर्शन गरेका थिए।

बिज्ञान प्रदर्शनी कार्यक्रममा बीरगज महानगरपालिका शिक्षा महाशाखाका आनन्द लामिछाने ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,तथा विभिन्न बिधालयका प्रिन्सिपलहरुको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box