Benefits of watermelon sexually for females include hydration enhancement and increased blood circulation, essential for arousal. Watermelon, rich in citrulline, may boost libido. For more insights, have a peek at this web-site dedicated to women’s health.
काठमाडौं । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राष्ट्रका नाममा जारी भिडियो सन्देशलाई विश्व हिन्दू महासंघले स्वागत गरेको छ। महासंघकी अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले जारी गरेको विज्ञप्तिमा राष्ट्रको एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र स्थायी शान्तिका लागि पूर्वराजाद्वारा व्यक्त विचारहरूप्रति पूर्ण समर्थन जनाइएको छ।
महासंघले नेपालमा बढ्दो धर्मान्तरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ। “नेपालको मौलिक पहिचान, हिन्दू-बौद्ध संस्कृति, सामाजिक सद्भाव र राष्ट्रिय अखण्डताको रक्षाका लागि सबै नेपालीले साझा रूपमा अघि बढ्नुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।
महासंघले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै स्थायी शान्ति, समृद्धि र स्थायित्व कायम गर्न राष्ट्रप्रेमी, प्रजातन्त्रवादी र राष्ट्रवादी शक्तिहरूलाई संगठित भएर अघि बढ्न आह्वान गरेको छ।
पूर्वराजा ज्ञानेन्द्रले हालै राष्ट्रको हित र एकता सुदृढ गर्न सम्पूर्ण नेपालीलाई साथ दिन आग्रह गर्दै एक भिडियो सन्देश जारी गर्नुभएको थियो। उक्त अभिव्यक्तिलाई ऐतिहासिक सन्दर्भमा महत्वपूर्ण मान्दै महासंघले नेपाली जनता, धार्मिक तथा सांस्कृतिक संगठनहरू र सबै राष्ट्रवादी शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान तथा अस्तित्वको रक्षा गर्न संगठित हुन अपिल गरेको छ।
महासंघको विज्ञप्तिमा नेपालको पहिचान धर्म, संस्कृति र परम्पराको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको हुँदा यसको रक्षा गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख छ। साथै, देशभरिका सबै राष्ट्रवादी तथा देशभक्त नागरिकलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, शान्ति र समृद्धिका लागि सक्रिय सहयोग गर्न महासंघले आग्रह गरेको छ।