सरस्वती पुजाको अवसरमा बिएलएलबीका विद्यार्थीहरुले संस्कृतिक कार्यक्रम

वीरगंज २२ । बीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको बीरगंज स्कुल अफ लहले आज सरस्वती पुजाको अवसरमा संस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

Advertisement

बीरगंज स्कुल अफ ल का प्रिन्सिपल एवम् अधिवक्ता चन्द्रीका प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न सो संस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका नृत्य तथा संस्कृतिक प्रस्तुति गरेर मनोरञ्जन गराएका थिए।

उक्त कलेजमा अध्यापन गरिरहेका विद्यार्थीहरुले अतिथिहरुलाई टीका र गम्छा ओढाएर सम्मान तथा स्वागत समेत गरेका हुन ।

कार्यक्रममा प्रोफेसर डाक्टर हरेराम ठाकुर ,अधिवक्ता अमय दास थारू, अंग्रेजी बिषयका सन्तोष पटेल ,शिक्षक राजेन्द्र सिंह ,सिवानी महतो,सोनालीका कुमारी ,रासदा खातुन अनिर चौरसिया,सरद चन्द्र चौरसिया ,विद्यार्थीहरु प्रेस सेन्टर नेपालका केन्द्रीय जगत राई,मिरमिरे अनलाइन खबर मधेस प्रदेश संयोजक दिपक चौरसिया , नेत सन्तोष पटेल , ओमप्रकाश गुप्ता , पुनटु जेसवाल लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box