नारायणीअस्पतालको जिर्ण अवस्थासँगै स्वास्थ्यकर्मीहरूको आन्दोलन: ‘राज्यले न हामीलाई हेर्‍यो, न अस्पताललाई’ : डाक्टर निरज सिह

बीरगञ्ज १८ माघ । नेपालकै पुरानो अस्पतालमध्ये एक नारायणी अस्पताल अहिले गम्भीर संकटमा छ। भौतिक संरचनाको जीर्ण अवस्थाका कारण यहाँ उपचार सेवा लिन आउने बिरामीहरू र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू दुवैले सास्ती भोग्नुपरेको छ। दशकौँदेखि स्थानीय दाताहरूले बनाइदिएका पुराना भवनहरूमा सञ्चालन हुँदै आएको यो अस्पताललाई राज्यले उपेक्षा गर्दै आएको आरोप यहाँका स्वास्थ्यकर्मीहरूले लगाएका छन्।
१०० वर्षभन्दा पुरानो अस्पताल, तर अवस्था जिर्ण
वीर अस्पतालसँगै स्थापना भएको नारायणी अस्पतालको ऐतिहासिक महत्त्व छ। श्री ५ पृथ्वी वीरविक्रम शाहको आदेशअनुसार काठमाडौं उपत्यकाबाहिरका जनताका लागि बीरगञ्जमा यो अस्पताल स्थापना गरिएको थियो। त्यसयता विभिन्न कालखण्डमा नाम परिवर्तन हुँदै अहिले नारायणी अस्पतालका रूपमा परिचित यस संस्थाले मधेस प्रदेशको मुख्य रेफरल अस्पतालको रूपमा सेवा दिँदै आएको छ।
हाल नारायणी अस्पताल ३०० सैयासहित सञ्चालनमा छ, तर यसको भौतिक संरचना निकै जीर्ण भइसकेको छ। नेपालका अन्य केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको भए पनि नारायणी अस्पताल पुरानै कमजोर भवनमा सीमित रहनु परेको छ।
५०० सैयाको भवन निर्माण अन्योलमा
नेपाल सरकारले आर्थिक वर्ष २०७४-७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेशमा ५०० सैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। सोही योजनाअन्तर्गत नारायणी अस्पतालका लागि करिब १ अर्ब ५५ करोड रुपैयाँको अनुमानित लागतसहित टेन्डर प्रक्रिया अघि बढाइएको थियो। तर, बोलपत्र प्रक्रियामा देखिएको विवादका कारण अस्पताल भवन निर्माणको प्रक्रिया अदालतमा न्यायिक निरुपणको चरणमा पुगेको छ।
नयाँ भवन निर्माण नहुँदा यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले अत्यन्तै कठिन परिस्थितिमा बिरामीहरूको उपचार गर्नुपरेको छ। अस्पतालका विभिन्न भवनहरू जीर्ण भइसकेका छन्, जसले गर्दा बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरू सधैं डरभित्र बाँच्न बाध्य छन्।
भवन कहिले खस्ने हो थाहा छैन: डा. नीरज कुमार सिंह
नयाँ भवन निर्माणका लागि सरकारलाई दबाब दिन नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले पहिलोपटक नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध गर्दै सरकारलाई ध्यानाकर्षण गराएका छन्।
भवन निर्माण संयोजन समितिका अध्यक्ष डा. नीरज कुमार सिंह भन्छन्, “देशभरका केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेका छन्। तर, वीरगञ्जको नारायणी अस्पताल अझै पुरानै जीर्ण भवनमा सीमित छ।”
उनले थपे, “राज्यले न हामीलाई हेर्‍यो, न अस्पताललाई। भवनको अवस्था यति जिर्ण छ कि उपचार गरिरहेका बेला कुन क्षण भवन खस्छ भन्ने ठेगान छैन। यो अस्पतालमा लाखौँ जनताले भर परेका छन्। तर, सरकारले अझै ध्यान दिएको छैन।”
नारायणी अस्पतालले बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाका साथै छिमेकी भारतका समेत गरी झन्डै ३० लाख जनसंख्यालाई सेवा दिँदै आएको छ। तर, भौतिक संरचनाको अभावले गर्दा यहाँका स्वास्थ्यकर्मीहरूले आफ्नो सम्पूर्ण क्षमता अनुसार सेवा दिन नसकेको गुनासो गरिरहेका छन्।
नेपाल सरकारको नीति अनुसार अस्पताल भवनहरू भूकम्प प्रतिरोधात्मक मापदण्डअनुसार निर्माण गर्नुपर्ने प्रावधान छ। तर, नारायणी अस्पताल आफैंले तोकेको मापदण्ड विपरीत जीर्ण भवनमा सञ्चालन भइरहेको छ। भूकम्पीय दृष्टिकोणले संवेदनशील मानिएको नेपालमा यस्तो लापरबाहीले विपद् व्यवस्थापनमा सरकारको गम्भीरता नदेखिएको स्पष्ट छ।
राजनीतिक नेतृत्वको असफलता, स्वास्थ्यकर्मी र जनतामा निराशा
यस क्षेत्रका सांसदहरूले संसदमा पटक-पटक नारायणी अस्पतालको स्तरोन्नतिको माग उठाए पनि अहिलेसम्म सम्बोधन भएको छैन। यो गम्भीर विषयमा नागरिक समाज तथा राजनीतिक दलहरूले समेत आन्दोलन नगरेकोमा यहाँका जनतासमेत निराश छन्।
डा. सिंह भन्छन्, “हाम्रा माग पूरा नभए हामी अझ कडा आन्दोलन गर्न बाध्य हुनेछौं। राज्यले अब पनि बेवास्ता गरेमा स्वास्थ्यकर्मी र स्थानीय जनताले सामूहिक रूपमा ठूला आन्दोलन गर्नेछन्।”
नारायणी अस्पताल मधेस प्रदेशको मुख्य रेफरल अस्पताल भएकाले यहाँ लाखौँ नागरिकको स्वास्थ्य उपचार जोडिएको छ। नयाँ भवन निर्माण तत्काल सुरू हुनुपर्ने माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। सरकार अब पनि मौन बसेमा यहाँका जनतासँगै स्वास्थ्यकर्मीहरू अझ कठोर आन्दोलन गर्न बाध्य हुनेछन् ।
अब सरकारको दायित्व हो— नारायणी अस्पतालको नयाँ भवन निर्माण प्रक्रिया छिटो टुंग्याएर यस क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु। अन्यथा, राज्यले यस क्षेत्रका जनताको धैर्यलाई थप परीक्षा लिनु भनेको ठूलो जनआक्रोश निम्त्याउनु हुनेछ।
स्थापनाकालदेखिकै इतिहास हेर्ने हो भने नेपालकै जेठो अस्पताल वीर अस्पतालसँगै स्थापना भएको नारायणी अस्पताल अर्थात् श्री ५ पृथ्वी वीरविक्रम शाहबाट काठमाडौँ उपत्यकाको लागि वीर अस्पताल र उपत्यकाबाहिरको जनताको लागि बीरगंजमा एउटा अस्पताल हुकुम भए बमोजिम र विभिन्न कालखण्डमा नाम परिवर्तन हुँदै नारायणी अस्पताल को स्थापना भएको इतिहास सर्वविधतै छ। यसरी १०० वर्षभन्दा लामो इतिहास बोकेको अस्पतालमा बीरगञ्जका धेरैजसो व्यापारीहरू तथा उद्योगवाणिज्य सङ्घले समय र आवश्यकता अनुसार भौतिक संरचनाहरू निर्माण गरिदिएर यो अस्पतालले यस क्षेत्रको जनतालाई आफ्नो सेवा प्रदान गर्दै आएको गौरवशाली इतिहास छ। सरकारी र विकास समिति तर्फबाट ३०० सैयाको यो अस्पताल सञ्चालनमा रहेको छ। यसरी १०० वर्षभन्दा लामो इतिहास बोकेको अस्पतालमा नेपालको कुनै पनि सरकार तथा राजनीतिक व्यवस्था जस्तै पञ्चायती व्यवस्था, प्रजातान्त्रिक , लोकतान्त्रिक र संघीय गणतान्त्रिक सरकार ले एउटा पनि भौतिक संरचना नबनाएको र र यस वीरगञ्ज सहरका महान दाताहरूले बनाइदिएको पुरानो भौतिक संरचनाको भरमा यो अस्पतालले सेवा दिँदै आएको तितो यथार्थ छ।

आर्थिक वर्ष २०७४-७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नेपाल सरकारले प्रत्येक प्रदेशमा ५०० सैयाको अस्पताल निर्माण गर्ने योजना अनुरूप मधेस प्रदेशको एकमात्र केन्द्रीय अस्पताल नारायणी अस्पतालको भवन अनुमानित लागत १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार ७५ रूपैयाँ(१,५५,५३,८४००७५/२६) टेन्डर प्रक्रिया अगाडि बढेर एकमात्र बोलपत्रदाता NDE /VCPl /SSNC ललितपुर पुल्चोक ले टेन्डर पाएको थियो। बोलपत्र बोलपत्र निर्माण प्रक्रियामा पूर्णता परीक्षण गर्दा एउटा कम्पनीको राजस्व दाखिला नदेखिएपछि सहरी विकास तथा भवन निर्माण विभाग र टेन्डर कम्पनीको विवाद सम्मानित अदालतको न्यायिक प्रक्रियामा रहेको छ।

यस अस्पतालको जीर्ण भवनले गर्दा यस क्षेत्रको जनताले निकै दुःख खेप्नु परेको छ। यस अस्पताल र यहाँका स्वास्थ्यकर्मीहरूले आफ्नो क्षमता अनुरुप पनि गरिब निमुखा जनतालाई सेवा दिन नसकेको तिथो यथार्थ तथा बाध्य भएर अरु सहरहरूमा बिरामी रेफर गर्नुपर्ने बाध्यकारी अवस्था छ। बारा पर्सा रौतहट सर्लाही तथा छिमेकी राष्ट्र भारतको गरिब जनताहरूको पनि आस्थाको केन्द्र रहेको यस यस अस्पतालले झन््डै ३० लाखभन्दा बढी नेपाली जनसङ्ख्यालाई सेवा दिँदै आएको गौरवशाली इतिहास छ। देशकै जनसङ्ख्याको १०% जनताको रेफरल हस्पिटलको अवस्था हेर्दा निकै दयनीय देखिन्छ। विभिन्न समयमा यस क्षेत्रका सांसदहरूले संसदमा पनि जोडदार माग उठाएकै हुन्। यसरी संसदमा उठाएका मागहरू पनि सम्बोधन नहुँदा यस क्षेत्रका जनता तथा स्वास्थ्यकर्मीहरू निकै हतोत्साहित देखिन्छन्।
नेपाल सरकारको नियमानुसार पनि अस्पताल सञ्चालन भूकम्प प्रतिरोधात्मक मापदण्ड अनुसार निर्मित भएका भवनहरूमा मात्र सञ्चालन गर्ने भएतापनि आफ्नै ३०० सैयाको अस्पताल जिर्ण खण्डहर भवनहरूमा सञ्चालन गर्दै आउनु दुःखद र नियमा विपरीत देखिन्छ। विश्वव्यापी मान्यता अनुरूप नेपाल भूकम्पको हिसाबले निकै जोखिम क्षेत्र हो। यस्तो अवस्थामा यस्ता जीर्ण भवनहरूमा रेफरल अस्पताल सञ्चालन गर्दा विपत् व्यवस्थापनको तयारी लाई नेपाल सरकार ले महत्त्व नदिएको देखिन्छ।
हाम्रो देशमा धेरै कुराको लागि नागरिक समाज तथा विभिन्न राजनीतिक दलहरूले आन्दोलन गर्ने गरेको छ, तर यस्तो संवेदनशील विषयलाई अहिलेसम्म पनि यस क्षेत्रका नागरिक समाज तथा राजनीतिक दलहरूले आन्दोलनको विषय नबनाएकोले यस क्षेत्रका जनता तथा स्वास्थ्यकर्मीहरू निकै दुःखी छन्।

यस क्षेत्रको गरिब तथा निमुखा जनताहरूको आस्थाको केन्द्र नारायणी अस्पताल भवन निर्माण हेतु नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजपथ बन्द गरेर सरकारको ध्यानाकर्षण गराएको छ। भवन निर्माण संयोजक समितिका अध्यक्ष डा. निरज सिंह भन्नुहुन्छ ” वीरगञ्ज बाहेक देशभरिकै सम्पूर्ण सरकारी केन्द्रीय अस्पतालहरूमा नयाँ भवन बनिसकेको अवस्था छ। राज्यले हाम्रो माग सम्बोधन गरिदिनुपर्छ। हामी आन्दोलन गर्न बाध्य छौं। यद्यपि यस देशको कार्यपालिका तथा न्यायपालिका दुवैमा हाम्रो पूर्ण विश्वास रहेको छ। हाम्रा मागहरू चाँडैभन्दा चाँडो सम्बोधन हुने आशा हामीले लिएका छौं। यदि नभएको खण्डमा योभन्दा पनि कडा आन्दोलन गर्न हामी बाध्य हुनेछौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.