नेपाल कमर्स एसोसिएसनको अन्तर्राष्ट्रिय सम्मेलन विभिन्न २१ वटा क्षेत्रका कार्यपत्र प्रस्तुति

वीरगंज १७ माघ । नेपाल कमर्श एसोसिएसनले बीरगंजको स्थानीय होटल भिसुवामा बीरगंजमा पहिलोपटक नेपाल कमर्श एसोसिएसनको अन्तर्राष्ट्रिय वाणिज्य र ब्यवस्थापनको सम्मेलन शुरु भएको छ।

नेपाल कमर्श एसोसिएसनका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षता तथा भारतीय कमर्श एसोसिएसनका उपाध्यक्ष तथा पुर्वअञ्चल विश्वबिधालयका जाउनपुर युपीका प्राध्यापक डाक्टर मानस पाण्डेको प्रमुख आतिथ्यमा सो अन्तर्राष्ट्रिय सम्मेलन भएको हो ।

सम्मेलनको उदघाटन गदै प्रमुख अतिथि पाण्डेले नेपालका उघोग र ब्यवसायीमा भएका समस्याहरुको अध्यान र पहिचान गदै अगाडि बढनु पर्ने बताए ।समस्याहरुको पहिचान गरेपछि त्यसका सम्भावनाहरु संस्थागत रुपमा समाधान गर्न आवश्यक रहेको बताए ।यस सम्मेलनमार्फत वाणिज्य र ब्यवसायीहरुमा देखिएका दीर्घकालीन आर्थिक विकासलाई एकले अर्कोलाई सहयोग गर्ने उदेश्यले अगाडि बढाउन सुझाव दिनुभएको हो ।

नेपाल कमर्श एसोसिएसनका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले कार्यपत्र प्रस्तुति गर्ने क्रममा उनलेे भने यो सम्मेलनले नेपालको नेपाल आर्थिक क्षेत्र मात्र नभएर शिक्षा क्षेत्र र वाणिज्य ब्यवस्थापनमा नयाँ बिचार संगसगै आर्थिक समस्याको पहिचान गरि यसको भबिस्यलाई उच्च प्रथामिकता राखेर अगाडि बढाउने योजना रहेकोले यो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको बताए ।उनलेे भने विश्व बजार र ब्यापारमा उघोग क्षेत्रमा आपसी सहकार्य र सहयोगका साथ अगाडि बढाउन जरुरी रहेको बताएका छन् । नेपालका ब्यवसायीक संस्थाहरु र शैक्षिक संस्थाहरुबीच समन्वय र सहकार्य गरेको खण्डमा यसबाट पनि केही समस्या समाधान हुने अपेक्षा रहेको बताए ।

सम्मेलनमा महेन्द्र बहुमुखी क्याम्पस धरानका अनुसन्धान समितिका प्रमुख प्राध्यापक अशोक झा,बीरगंज उघोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम ,नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल नेपाल कमर्स क्याम्पसका सहअध्यक्ष डाक्टर सुरेन्द्र महतो लगायतले ब्यवसायीक शिक्षा र ज्ञानका बारेमा आ,आफ्नो धारणा राख्नु भएको थियो ।

अन्तर्राष्ट्रिय सम्मेलनमा ब्यवसायी,वाणिज्य ,बितिय ब्यवस्थापन ,बजार अध्यान,मानव संसाधन लगायत २१ वटा विभिन्न क्षेत्रमा रहेको कार्यपत्रहरु प्रस्तुति गरेको थियो । भने सो अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न क्षेत्रमा आबद्ध भएका उघोगीहरु ब्यापारी ,पत्रकार तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.