सनलाईट कलेजद्वारा कक्षा ११र BBA बिद्यार्थीहरुलाइ स्वागत

वीरगंज १२ माघ । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको सनलाइट +२ कलेजको आयोजनामा आज होटल भिस्वामा कक्षा ११ र बिबिएका विद्यार्थीहरुलाई स्वागत समारोह कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

सनलाईट कलेजका डाइरेक्टर डिके चौरसियाको अध्यक्षता तथा शिक्षा इकाई समितिका अधिकारी मोती प्रसाद भट्टको प्रमुख आतिथ्यमा सो स्वागत समारोह कार्यक्रम उहाँले निजी कलेजहरुले शिक्षा क्षेत्रमा पुराएको योगदानलाई सरकारले उच्च मुल्यांकन गरिरहेको बताए । सरकारी कलेजहरु भन्दा अहिले निजी कलेजहरुमा विद्यार्थीहरुको संख्या उल्लेखनीय मात्रामा बढीरहेको बताउदै यस कलेजमा अध्यापन गरिरहेका विद्यार्थीहरुले उच्च  शिक्षा पाउने आशावादी आफू रहेको भट्टले बताएका हुन । कम समयमा धेरै यस कलेजले उपलब्धि गरेकोमा आफूलाई धेरै खुशी लागेको बताए । बीरगंजमा रहेको यश सनलाइट कलेजका विद्यार्थीहरुले राम्रो नतिजा ल्याउने र त्यस कलेजका शिक्षक शिक्षिकाहरुबाट राम्रो शिक्षा पाउने आशा समेत आफुले लिएको भट्टले बताएका छन् ।

स्वागत समारोह कार्यक्रममा प्याब्सन मधेस प्रदेश सदस्य इमामुदीन अहमद ,प्याब्सन पर्साका पुर्व अध्यक्ष पुरन प्रधान ,प्याब्सन सल्लाहकार हरि श्याम ठाकुर ,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव,नेपाल पत्रकार महासंघ पर्साका सहसचिव अजय चौरसिया,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,नेपाल आदिवासीजनजाति पत्रकार महासंघ फोनिज पर्साका अध्यक्ष मुनेशलायो मगर ,मिरमिरे अनलाइन मधेस प्रदेश संयोजक दिपक चौरसिया,नेपाल ज्योति परिषद्का जिल्ला अध्यक्ष सुरेन्द्रनाथ तिवारी ,बानका मधेस प्रदेश संयोजक आशिक अन्सारी ,प्राध्यापक उमेश चौरसिया,शिक्षकहरु दिनानाथ साह,कोडिनेटर राजन चौरसिया,वीर बहादुर पण्डित लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको स्वागत मनतब्य सनलाइट माविका प्रिन्सिपल आलोक चौरसियाले गर्नुभएको थियो भने सहजिकरण शिक्षक बलराम श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बीरगंजका एक दर्जन पत्रकारहरुलाई कलेजले सम्मानित गरेकोे थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box