सुपर सिक्स इन्टर हाउस क्रिकेट प्रतियोगिता सम्पन्न हरियो सदनले बाजि जित्यो 

वीरगंज ११ माघ । बीरगंज महानगरपालिका वडा नम्बर २० अपौनी क्रिकेट मैदानमा जीवन ज्योति माध्यमिक बिधालयले आयोजना गरेको इन्टर हाउस क्रिकेट प्रतियोगितामा ग्रिन हाउस बिजेता भएको छ।

Advertisement

जीवन ज्योति माध्यमिक बिधालयमा अध्यानरत निलो हाउस ,ग्रिन हाउस ,एलो हाउस र रेड हाउस बीच चारवटा समूह रहेकोमा उक्तसुपर सिक्स इन्टर हाउस क्रिकेट प्रतियोगितामा फाइनल खेल रेड हाउस र ग्रिन हाउस बीच भएको खेलमा रेड हाउसले पहिलो ब्याटिङ गरेकोमा ६२ रनमात्र बनाउने क्रममा जवाफमा उत्रिएको ग्रिन हाउसले बिजयी प्राप्त गरेको हो ।

प्रतियोगितामा वडा नम्बर २० का वडा अध्यक्ष रामकिशोर सिंह परागले बिजेता भएका विद्यार्थी खेलाडीहरुलाई शिल्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो । बिजेता भएका खेलाडी विद्यार्थीहरुलाई बधाई दिदै खेल भनेको हार र जित हुने भएकोले तर बिजयी हुने लक्ष्यका साथ सधैं अगाडि बढने योजना राख्नु पर्ने बताए ।

जीवन ज्योति बिधालयले विद्यार्थीहरुको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेकोमा स्कुललाई धन्यवाद दिनुभएको हो । बिधालयले शिक्षा संगै विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप मध्ये यो क्रिकेट पनि एउटा भएकोले अहिले खेलको माध्यम बाट पनि आफू र राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्ने धेरै अवसर रहेको बताएका छन् ।

त्यसैगरी प्याब्सन पर्साका पुर्व अध्यक्ष पुरन प्रधानले भने खेलकुद विद्यार्थीहरुको लागि स्वास्थ्य र शारीरिक क्षेत्रमा समेत सुधार ल्याउने काम गर्ने भएकोले निजी बिधालयले यस्ता कार्यक्रम आयोजना गर्न अति आवश्यक रहेको बताए ।जीवन ज्योति माध्यमिक बिधालयका प्रिन्सिपल शिवजी गुप्ताको अध्यक्षतामा सम्पन्न सो प्रतियोगितामा उनलेे अहिले आफ्नो बिधालय शिक्षा क्षेत्र संगै हरेक गतिविधिमा विद्यार्थीहरुलाई सहभागी गराउने र उनीहरूको क्षमता विकासमा अगाडि बढाउने लक्ष्य लिएकोले आज यो सुपर सिक्स इन्टर हाउस क्रिकेट प्रतियोगिता जीवन ज्योति स्कुलले आयोजना गरेको बताएका छन् ।

हामी विद्यार्थीहरुलाई हरेक क्षेत्र बाट अब्बल होस् केवल सरकारी जागिरे मात्र हुनुपर्छ भन्ने सोच हटाउने उदेश्यले बेला बखत विभिन्न कार्यक्रमहरु बिधालयले गदै आइरहेको समेत बताए ।

प्रतियोगितामा वडा नम्बर २० का पुर्व अध्यक्ष प्रदिप यादव ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,राजन यादव ,जीवन ज्योति स्कुलका डाइरेक्टर निखिल गुप्ता ,लालबाबु यादव ,चन्दन सिंह ,दिपा थापा पत्रकार उज्ज्वल घिमिरे तथा स्थानीय बासिन्दाहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box