गौतम स्कुलको ४८ औ वार्षिकोत्सबको अवसरमा अन्तर बिधालय बाल फुटबल प्रतियोगिता

वीरगंज ८ माघ । गौतम स्कुलको ४८ औ वार्षिकोत्सबको अवसरमा अन्तर बिधालय बाल फुटबल प्रतियोगिता १० गतेदेखि १५ गतेसम्म एसएसपी ग्राउन्डमा हुने बताएको छ।
आज लिटिल फ्लावर एकेडेमी स्कुलको प्रारङ्गमा पत्रकार सम्मेलनमार्फत पहिलो संस्करणका संयोजक एवम् लिटिल फ्लावर स्कुलका डाइरेक्टर सन्नी पाख्रिङ्गले जानकारी दिनुभएको हो ।उनलेे बताए अनुसार निजी स्कुलका १५ वटा बिधालयका विद्यार्थीहरुको सहभागी रहने जसमा ए र बी को समूह रहने उक्त पत्रकार सम्मेलनमा पाख्रिङ्गले बताएका हुन ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले भने अहिले प्याब्सनले यो आफ्नो कार्यक्रम नगरे तर चाडैं प्याब्सनले फुटबल प्रतियोगिता आयोजना गर्ने जसमा निजी तथा सामुदायिक बिधालयका विद्यार्थीहरुले पनि भाग लिन पाउने ब्यवस्थापन गर्न लागेको जानकारी दिएका छन् ।

Advertisement

अहिले गौतम स्कुलको आफ्नो वार्षिकोत्सबको अवसरमा गौतम स्कुलले आमन्त्रित गरेका बिधालयहरु मात्र सहभागी रहेको श्रीवास्तवले बताए । अहिले गौतम स्कुल ,मनकामना स्कुल ,मिनि ल्याण्ड स्कुल ,न्यु वेभ स्कुल ,ओम नेशनल एकेडेमी ,जीवन ज्योति मावि ,लिटिल एन्जल स्कुल ,एसआर ग्यालेक्सी स्कुल ,सनलाइट मावि ,ज्ञानज्योति मावि ,मालीनी स्कुल ,सनसाइन स्कुल ,माउन्ट मकालु लगायत रहेकोे बताएका हुन ।खेल अवधिभर करिब २ लाख ११ हजार खर्च हुने जसमा शिल्ड,प्रमाणपत्र ,रेफ्री कोच,बेस्ट फिल्ड ,बेस्ट फरवार्ड ,डिसिपिलन लगायतलाई सम्मानित गरिने अर्को संयोजक सुरज पटेलले बताएका छन् ।
पत्रकार सम्मेलनको अध्यक्षता गौतम स्कुलका ब्यवस्थापक गणेश क्षेत्रीले गरेका थिए।पत्रकार सम्मेलनमा प्याब्सन मधेस प्रदेशका सल्लाहकार मनि पाख्रिङ्ग,सल्लाहकार हरि श्याम ठाकुर ,प्याब्सनका निवर्तमान महानगर अध्यक्ष आलोक चौरसिया,जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्ता ,रेफ्री अर्जुन गुप्ता,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई ,मिरमिरे अनलाइन मधेस प्रदेश संयोजक दिपक चौरसिया लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रमको सहजिकरण गौतम स्कुलका ब्यवस्थापक सौरज प्रधानले गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box