एप्लास्टिक एनेमियाबाट पीडित सोहेलको जीवन संकटमा, उप मेयरले सहयोग गर्ने

वीरगञ्ज ।  वीरगंज ३ छपकैयाका २१ वर्षीय सोहेल अन्सारी एप्लास्टिक एनेमियाको गम्भीर अवस्थासँग संघर्ष गरिरहेका छन्। फिरोज अन्सारी र सबनम खातुनका एक मात्र छोरा सोहेलको शरीरले नयाँ रक्त कोष उत्पादन गर्न नसक्ने समस्याका कारण उनलाई बारम्बार रगत चढाउनुपर्ने हुन्छ।

उनलाई वीरगञ्जको नारायणी अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको छ। वीरगञ्ज देखि पाटन अस्पतालसम्मको उपचारमा परिवारको सम्पूर्ण आर्थिक स्रोत समाप्त भएको छ। चिकित्सकहरूले उनलाई बचाउन बोनम्यारो ट्रान्सप्लान्ट आवश्यक रहेको बताएका छन्, जसको लागि ३०–४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको समेत छ।

सोहेलको परिवारले आर्थिक अभावका कारण सहयोगको अपिल गरेको छ। यसै बीच वीरगन्ज महानगरपालिका का उपमेयर ईम्तियाज आलमले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैलाई उनले आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्। साे काे जानकारी उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाब ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.