नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र नेपाल मेडिसिटी वयोधा अस्पताल पर्सा शाखा बीच सम्झौता सम्पन्न

वीरगञ्ज: नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, पर्सा शाखा र नेपाल मेडिसिटी वयोधा अस्पतालले सहकार्य गर्दै सम्झौता सम्पन्न गरेको छ। उक्त सम्झौतामा अस्पतालका निर्देशक श्री विजय रिमाल र संघका तर्फबाट सीए गणेशलाल बाबु ठाकुरले हस्ताक्षर गरेका छन्।

Advertisement

यस सम्झौतापछि सीए ठाकुरले चार्टर्ड एकाउन्टेन्ट्स व्यावसायिकहरूलाई स्वास्थ्य सेवामा पहुँच सहज हुने विश्वास व्यक्त गरे। साथै, नेपाल मेडिसिटी वयोधा अस्पतालजस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्नु सम्मानको कुरा भएको बताए।

नेपाल मेडिसिटी वयोधा अस्पतालले मधेश प्रदेशमा आफ्नो स्वास्थ्य सेवा पहुँचलाई व्यापक बनाउँदै जनताको स्वास्थ्य र समृद्धिको लक्ष्यमा ठोस कदम अघि बढाउँदैछ। यस सम्झौताबाट मधेश प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा टेवा पुग्ने विश्वास दुबै पक्षले व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box