अनेरास्ववियु ( क्रान्तिकारी ) बीरगंज महानगर समितिको दोस्रो सम्मेलनले अध्यक्षमा मण्डल चयन

बिरगंज ८ भाद्र । शिक्षा स्वास्थ्य र रोजगारीको लागि हाम्रो आन्दोलन राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा भन्ने मुल नाराका साथ अनेरास्ववियु( क्रान्तिकारी ) बीरगंज महानगर समितिको दोस्रो सम्मेलनले रामबाबु मण्डललाई अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ।

कुर्मी सेवा सदनमा आज अनेरास्ववियु ( क्रान्तिकारी ) बीरगंज महानगर समितिका अध्यक्ष विवेक साहको अध्यक्षता तथा अनेरास्ववियु ( क्रान्तिकारी ) केन्द्रीय उपमहासचिव प्रभाकार गुप्ताको प्रमुख आतिथ्य तथा नेकपा माओवादी केन्द्र पर्साका जिल्ला इन्चार्ज बिजय महतोको विशिष्ट अतिथिमा सो सम्मेलन सम्पन्न भएको हो ।सम्मेलनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय सचिव शिवम साह,प्रेस सेन्टर मधेस प्रदेश सचिव मुनेश लायोमगर,,वाइसीएल जिल्ला इन्चार्ज सन्तोष पटेल ,वाइसीएल जिल्ला संयोजक दिपेन्द्र सिंह पटेल ,राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी पर्सा अध्यक्ष शिवहरि तिवारी ,प्रदेश सचिव जुवेर आलम,प्रेस सेन्टर नेपाल पर्साका सदस्य अजित भुजेल ,जिल्ला अध्यक्ष कविराज पटेल इ मधेस डटकमका सहसम्पादक दिपक चौरसिया लगायतले सम्मेलनको सफलताको कामना गदै शिक्षा क्षेत्रमा भइरहेको विकृति भ्रष्टाचारको बारेमा विद्यार्थी अगाडि बढन सुझाव दिदै कामना गरेका थिए। दोस्रो सम्मेलनले रामबाबु मण्डलको अध्यक्षतामा २१ सदस्य अनेरास्ववियु क्रान्तिकारी बीरगंज महानगर समिति चयन गरेको छ।

समितिको उपाध्यक्षहरु तौसिफ अन्सारी ,राजु सरार्फ,सुरज सिंह महिला उपाध्यक्ष रजनी सरार्फ,सचिवहरु सम्शेद अन्सारी ,विवेक गुप्ता ,कौशर अहमद ,राजन बैठा,कमलेश पटेल कोषाध्यक्ष आचल झा लगायत रहेका छन् भने बाकी पदाधिकारीहरु पछि थप गर्ने निर्णय भएको केन्द्रीय सदस्य मिरोज अहमदले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.