एपेक्स म्यानेजमेन्ट कलेज बीरगंजमा खुल्यो ,बि. बि.ए. कक्षा

बिरगंज ३२ साउन । एपेक्स म्यानेजमेन्ट कलेज बीरगंजमा खुल्यो ,बि. बि.ए. कक्षा संचालन दक्ष प्राध्यापक दुारा उच्च शिक्षा प्रदान सुदूरपश्चिम विश्वबिधालय बाट ६६ सिटको लागि बि. बि. ए. ( BBA Course) कोर्स सम्बन्धन प्राप्त बीरगंज कलेजले यसै वर्ष शैक्षिक सत्रमा संचालन गर्ने भएको छ।

Advertisement

स्थानीय होटल भिसुवामा शुक्रबार पत्रकार सम्मेलन मार्फत बीरगंज कलेज संचालन समितिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले जानकारी दिनुभएको हो ।विगत ११ वर्ष देखि बीरगंज कलेज संचालित अब बि. बि. ए. भर्ना खुल्ला भएको डाक्टर चौधरीले बताए ।कक्षा १२ मा कुनै पनि समुहबाट १.८० जि. पि. प्राप्त गरि उर्तिर्ण गरेकोे हुनुपर्ने र भदौ ३१ गते प्रवेश परिक्षा लिने भदौ २५ गते भित्र प्रवेश परिक्षा फाराम भरिसक्नु पर्ने र भदौ १५ गतेदेखि प्रवेशको परिक्षा तयारी कक्षा संचालन गरिने अध्यक्ष डाक्टर चौधरीले सो पत्रकार सम्मेलनमा बताएका छन् ।

कलेजले बि. बि. ए. अर्थात ८ सेमेस्तरको लागि ४ लाख पचास हजार शुल्क लाग्ने प्रथम सेमेस्तरमा हरेक विद्यार्थीहरुलाई निशुल्क ल्यापटप दिइने साथै हरेक सेमेस्तरमा ३ वटा तालिमको ब्यवस्था समेत रहेको अध्यक्ष डाक्टर चौधरीले बताएका छन् ।कलेजले अहिले ११ र १२ मा पत्रकारीता पढ्ने पत्रकारहरुलाई विशेष छुटको र बि. बि. ए. पत्रकारहरुले पढ्न चाहेको खण्डमा थप छुट तथा सहुलियतको ब्यवस्था गर्ने अध्यक्ष डाक्टर चौधरीले जानकारी दिनुभएको छ ।

पत्रकार सम्मेलनमा कलेजका क्याम्पस चिफ विनोद गुप्ता ,नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य केसी लामिछाने ,प्रशासन प्रमुख सुरेश चौधरी ,परीक्षा कोडिनेटर डिके जैसवाल ,प्याब्सन नगर अध्यक्ष आलोक चौरसिया लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box