प्याब्सन दुारा आजको प्राविधिक प्रभावहरु बारे वक्तत्वकला प्रतियोगिता सम्पन्न

बिरगंज ३२ साउन । निजी तथा आवासीय बिधालय अर्गनाइजेसन ( प्याब्सन ) नेपाल जिल्ला कार्यसमिति पर्सा र प्याब्सन महानगर दुारा संयुक्त आयोजनामा आज डिएभिनिजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल केडिया स्कुलको प्रारङ्गमा बच्चाहरु आजको प्रविधिक प्रभावहरु बारेमा वक्तत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

Advertisement

निजी तथा आवासीय बिधालय अर्गनाइजेसन( प्याब्सन ) नेपाल अध्यक्ष पुरन प्रधान तथा महानगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षता तथा निजी तथा आवासीय बिधालय अर्गनाइजेसन ( प्याब्सन ) नेपाल केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा सो वक्तत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । उदघाटन समारोहमा केन्द्रीय उपाध्यक्ष अधिकारीले शिक्षालाई नेपाल मात्र नभइ विश्वभर चिनाउने काम प्याब्सनले गरिरहेको दाबी गर्नुभएको छ।

उहाँले भने हामीले दिइरहेको शिक्षा विश्व बजारले रुचाउने काम गरेको छ कि छैन भन्ने बारेमा चासो लिनुपर्ने बताएका छन् ।अहिले नेपालमा विकास शुन्य भएको बेला युवा विद्यार्थी विदेश पलायन हुने र बृद्ध मात्र यहाँ बस्ने काम भइरहेको बेला अबको १० वर्ष पछि युवा शक्तिहरु नेपालमा नै बस्ने र उनीहरूलाई रोजगारीमुलक बनाउने काम यहीँ प्याब्सनले गर्न लागेको समेत बताए ।

विद्यार्थीहरुको शिक्षा प्रति प्याब्सन सधैं चिन्तित रहने र विद्यार्थीहरुले कक्षा कोठा भित्र गरेका गतिविधि तथा क्रियाकलापहरु उजागर गर्ने काम पत्रकारले गदै आइरहेको र अहिलेसम्म पत्रकार प्याब्सनको अभिन्न अंग भएको दाबीसमेत गरेका हुन । प्याब्सनले देशभरि रहेका आफ्नो संगठनहरु मार्फत विद्यार्थीहरु भबिस्य माथि ध्यान दिन र उच्च शिक्षा हासिल गर्न कुनै कसर बाकी नराख्न निर्देशन समेत अधिकारीले दिनुभएको छ।

उहाँले भने मधेस प्रदेशको सबैभन्दा उत्कृष्ट प्याब्सन पर्सा जिल्ला रहेको र चाडैं सम्मानित हुने जानकारी समेत दिनुभएको थियो । कार्यक्रममा मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी ,पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी ,उपाध्यक्ष शिवजी गुप्ता ,सचिव राहुल श्रीवास्तव,नगर सचिव सन्नी पाखरिङ्ग,डिएभि केडिया स्कुलका प्रिन्सिपल राकेश साह लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।

उक्त वक्तत्वकला प्रतियोगितामा २७ वटा बिधालयहरुका विद्यार्थीहरुले भाग लिएका थिए भने उक्त प्रतियोगितामा प्रथम गौतम स्कुल र जीवन ज्योति मावि दोस्रो कन्चनजंग मावि ,तेस्रो साउथजोन मावि र सान्त्वना गोल्डेन फ्युचर र नेपाल काभरी भएको नगर सचिव सन्नी पाख्रिङले जानकारी दिनुभएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box