गुडविल लोकसेवा ईन्सिच्युट वीरगंजमा अनुभबी शिक्षकद्वारा अध्यापन गराइने

वीरगंज १६ आषाढ़ । सरकारी सेवाप्रतिको बढ्दो आकर्षणलाई लक्षित गर्दै वीरगञ्जमा गुडविल लोकसेवा ईन्सिच्युट सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा गुडविल लोकसेवा ईन्सिच्युट सञ्चालनमा आएको हो ।

Advertisement

संस्थाका प्रमुख प्रशिक्षक एवंम व्यवस्थापक शंकर कुमार ठाकुरले पुजापाठ गरि विधिवत रुपमा इन्सिच्युटको उद्घाटन गरेका छन् । निजामती सेवा, शिक्षक सेवा, बैंकिङ् सेवा, स्वास्थ्य सेवासँगै संस्थानहरुको तयारी गराउने अभिप्रायले इन्सिच्युट सञ्चालन गरिएको व्यवस्थापक शंकर कुमार ठाकुरले बताए । उनकाअनुसार गुडबिल लोकसेवा ईन्सिच्युटमा सस्तो र सर्वसुलभ दरमा अध्यापन गराइनेछ ।

लेखनका लागि प्राण मेहता, दिपक पटेल, सुर्यकान्थ झा, बाल कुमार यादव, राकेश ठाकुर, सामान्य ज्ञान (जिके) मा दिनदयाल कुशवाहा, चंदन ठाकुर, आईक्युमा शंकर ठाकुर, अंग्रेजीको लागि नागेश्वर गुप्ता, गणितको लागि मनोज यादव र विज्ञानको लागि रमेश कुमार मंडल लगायतका अनुभबी शिक्षकहरुको टिमले अध्यापन गराउनेछ

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box