मनकामना मावि स्कुलले गुरु पुर्णिामाको अवसरमा विभिन्न नृत्यनाटक कार्यक्रम गरि मनायो

बिरगंज ७ साउन । बीरगंज महानगरपालिका वडा नम्बर ५ भगवती टोलमा रहेको मनकामना मावि स्कुलले आज गुरु पुर्णिामाको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ।

Advertisement

प्याब्सन पर्साका अध्यक्ष एवम् मनकामना माविका संचालक तथा संस्थापक पुरन प्रधानको अध्यक्षतामा भएको सो गुरु पुर्णिामा कार्यक्रममा विद्यार्थीहरुले आफ्नो गुरुहरुलाई सम्मान गर्नुका साथै प्रिन्सिपल संगीता प्रधान तथा संचालक संस्थापक पुरन प्रधानलाई गौतम बुद्धको मुर्ति दिएर सम्मानित गरेको थियो ।
संचालक एवम् संस्थापक प्रधानले विद्यार्थीहरुले आफ्नो गुरु र गुरुआमालाई सधैं सम्मान र असल ब्यवहार गर्ने बानी राख्न सुझाव दिनुभएको छ। गुरु बाट असल शिक्षा लिएर अगाडि बढनु विद्यार्थीको जिवनमा धेरै उपलब्धि हुने संचालक प्रधान बताएका छन् ।

कार्यक्रममा प्रिन्सिपल संगीता प्रधानले विद्यार्थी भोलिका कर्णधार हुन अहिले देखि राम्रो शिक्षा दिशाको आवश्यकता रहने भएकोले सानो उमेरमा राम्रो अंक सहित असल विद्यार्थी बन्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको हो । विद्यार्थीहरुले विभिन्न नृत्यनाटक तथा हाउजीङ अर्थात बिङ्गो ,संस्कृतिक कार्यक्रम समेत आयोजना समेत गरिएको थियो ।

कार्यक्रममा बिधालयका संचालिका विपन्न प्रधान ,संगीता श्रेष्ठ ,तथा अन्य शिक्षक ,शिक्षिका विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको सहायक प्रिन्सिपल सुनिल यादवले जानकारी दिनुभएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box