बिरगंज १३ जेठ । नेपालमा बहुदलिय संसदिय व्यवस्था असफल भएको भन्दै अब रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको रामराज्य परिषदका अध्यक्षले दावि गरेका छन् ।
वीरगंज स्थित अनमोल पार्टी प्यालेशमा आज पत्रकार सम्मेलनको आयोजना गरि परिाष्दका केन्द्रिय अध्यक्ष जगतबहादुर थापाले वर्तमान व्यवस्था राष्ट्रघाति, धर्मघाती,जनघाती,पक्षपाती र अराष्ट्रबादी भएकोेले यसलाई बिस्थापित गरि सत्य,धर्म,न्याय,नैतिकता,मौलिकता र समतावाद वैदिक साम्यवादमा आधारित रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको बताए ।
थापाले रामराज्य परिषदले आफनौ संसद व्यवस्थापिका संसद(प्रतिकात्मक),आफनौ सरकार प्रतिकात्मक नेपाल सरकार,आफनै आठौं संबिधान,आफनै सुरक्षा दस्ता(श्रीराम सेना समेतको अवधारण संचालनमा आउने बताए । परिषदले ल्याउने व्यवस्थामा सरकारको तिन अङ्ग हुने र ति मध्ये व्यवस्थापिक, कार्यपालिका र न्यायपालिका मध्ये मात्र २०० जनाको एकल सदनिय व्यवस्थापिका संसद हुने थापाले जानकारी दिए । थापाले कार्यपालिका ३५ जनाको हुने र मुलुकको स्थायित्वको लागि रामराज्य पक्षधर राजानै राष्ट्रप्रमुख हुने बताए ।
न्यायपालिका शतप्रतिशत निशुल्क हुने र मन्त्री र मन्त्रालयहरु नरहेने उहाँले जानकारी दिनुभयो । परिषदले मुलुलकलाई भयावह स्थिती र बिकराल परिस्थितबाट जोगाउन धर्मयुद्ध,आमुल परिर्वतन, दर्शन,सिद्धान्त,राजनितिक क्षेत्र,आर्थिक क्षेत्र,समाजिक क्षेत्र,साँस्कृतिक क्षेत्र र धार्मिक क्षेत्रमा कठोर कदम चाल्ने निर्णय गरेको छ ।
थापाले अहिलेको वर्तमान सरकार अधर्मी र क्रिश्च्यनको सरकार भएकोले यो सरकारबाट हिन्दू धर्मको रक्षा हुननसक्ने ठोकुवा गरे ।
थापाले मधेशमा मुस्लिमहरुको जनसंख्या व्यापक वृद्धि हुनु र बंङ्गलादेशबाट रोहिंग्या मुस्लिम शरणार्थीको रुपमा नेपाल भित्रिनु दुवै चिन्ताको बिषय भएको बताए । मटिहानीमा गुठी संस्थानको जग्गामा मुस्लिम बस्ती बसाउने नाममा गैरकानुनी रुपमा हिन्दूको जग्गा कब्जा गरिएकोमा आपति समेत जनाए ।
थापाले अहिलेको पाठयक्रम हिन्दू बिरोधि रहेकोले हिन्दू धर्म संस्कृतिलाई जोगउन संस्कृति बिषयलाई अनिवार्य गर्नुपर्ने समेत धारणा राखे । पत्रकार सम्मेलनमा बिनोद बावा लगायतको उपस्थिती थियो ।