नारायणी अस्पताल सुधारका विषयमा उच्चस्तरीय छलफल , सेवा गुणस्तर अभिवृद्धिमा जोड

पर्सा १० बैशाख — पर्सा जिल्लाको नारायणी अस्पतालमा देखिएका समस्या, चुनौती तथा सुधारका सम्भावित उपायहरूबारे विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

हिजो अस्पतालमा एक कार्यक्रम आयोजना गरि अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरोकारवालाबीच गम्भीर विचार–विमर्श गरिएको छ । उत
कार्यक्रममा पर्सा जिल्लाका चारै क्षेत्रका माननीय सुशील शाह कानुन , हरि बहादुर पन्त ,रामाकान्त चौरसिया, टेक बहादुर शाक्य विशेष उपस्थिति रहेको थियो। साथै अस्पतालका विभागीय प्रमुखहरू, चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

छलफलका क्रममा अस्पतालमा देखिएका विभिन्न समस्याहरू—विशेषगरी सेवा प्रवाहमा ढिलाइ, जनशक्ति अभाव तथा व्यवस्थापन, औषधि आपूर्तिमा अनियमितता, भौतिक पूर्वाधारको अवस्था र उपकरण व्यवस्थापन—का विषयमा गहन रूपमा समीक्षा गरिएको थियो। सहभागीहरूले आ–आफ्नो अनुभव र भोगाइ प्रस्तुत गर्दै समस्या समाधानका लागि व्यावहारिक सुझावहरू राखेका थिए।

कार्यक्रममा बोल्दै सहभागीहरूले अस्पतालको सेवा गुणस्तर सुधार गर्न दीर्घकालीन योजना, दक्ष जनशक्ति व्यवस्थापन, नियमित औषधि आपूर्ति तथा आधुनिक उपकरणको व्यवस्थापन अपरिहार्य रहेकोमा जोड दिएका थिए। साथै बिरामीमैत्री सेवा, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

माननीय अतिथिहरूले अस्पतालको समग्र सुधारका लागि आवश्यक नीति, स्रोत–साधन तथा समन्वयमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता भएकाले यस क्षेत्रको सुधारमा कुनै कसर बाँकी नराख्ने बताएका थिए।

कार्यक्रमले अस्पतालको व्यवस्थापनलाई थप सेवामुखी, व्यवस्थित र उत्तरदायी बनाउन महत्वपूर्ण मार्गनिर्देशन प्रदान गरेको सहभागीहरूको विश्वास रहेको छ। छलफलमा उठाइएका विषयहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक पक्षले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box