महिला स्वास्थ्य प्रवर्धनमा काम गर्छौं’ मिस नेपालहरू

वीरगंज १६ बैशाख । आज वीरगंजमा मिस नेपाल वल्ड श्रीक्षा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले आफूहरु महिला स्वास्थ्यको प्रवर्धनमा काम गर्ने बताएका छन् । नेपाल मेडिसिटी बयोधा अस्पाल बीरगञ्जमा आज आयोजित एक कार्यक्रममा मिस नेपाल वल्ड प्रधानले आफू वातावरण विज्ञानको विद्यार्थी भएकाले वातावरण संरक्षण र स्वास्थ्य एक अर्काका परिपुरक भएको बताउनुभयो ।

उहाँले आफूले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो । कार्यक्रममा मिस नेपाल इन्टरनेशनल प्रशिद्धी शाहले महिलाहरुमा हुने मुत्ररोगका समस्या सामान्य रुपमा देखिए पनि विविध कारणले असामान्य रुपमा फैलिरहेकाले आफूले यसका लागि सम्भव भएका सबै क्षेत्रमा पहल गर्ने बताउनुभयो । मिस नेपालहरुले विभिन्न माध्यमहबाट प्रवर्धनात्मक स्वास्थ्यलाई आम जनसमुदाय समक्ष पुर्याइरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताउनुभयो । मिस नेपाल प्रतियोगिताका विभिन्न स्वास्थ्यजन्य कार्यक्रमहरुमा आफूहरुको उपस्थिति रहने गरेको र विशेष गरी मिस नेपालहरुले आफ्नो कार्ययोजनामा स्वास्थ्य सम्बद्ध विषयहरुलाई परियोजनाको रुपमा अगाडि बढाउदा नेपाल मेडिसिटी अस्पतालले प्राविधिक लगायतका सहयोग गर्ने अस्पताल प्रमुख रिमालले बताउनुभयो ।

कार्यक्रममा हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले नेपाल मेडिसिटी अस्पतालले बीरगञ्जमा पनि विश्वस्तरीय सेवाहरु प्रदान गरिरहेको पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका मुत्ररोग विशेषज्ञ डा. अनिल पुकार शाहले महिलाहरुमा हुने मुत्र रोगका समस्या र त्यसको निराकरणका लागि गर्नुपर्ने उपायहरुका बारेमा जानकारी गराउनु भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.