संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप :-सिंह

वीरगंज ५ वैशाख ।बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप लगाउनु भएको छ ।

सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बीरगन्ज महानगरपालिका ले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गर्नु भएको छ । उहाँले भरतपुर महानगरमा ३९० करोड र बीरगन्ज महानगरपालिकाले मात्र ११५ करोड बजेट पाउनु दुखद रहेकोले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराउनु भएको छ ।

संघिय सासंद रामकृष्ण यादवले बीरगन्ज माथि भैरहेको विभेद प्रति सार्वजनिक लेखा समितिले संसद् छलफल गर्ने तथा सरकार लाई लिखित निर्देशन दिने बताउनु भयो ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समिति संघिय सासंद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न बीरगन्ज आएको संसदीय टोली ले स्थानिय तह सित अन्तरक्रिया गरेको थियो । अन्तरक्रिया मा प्रतिनिधि सभा सदस्यहरु रामकृष्ण यादव, अमरेश कुमार सिंह , प्रदीप यादव , देव प्रकाश तिमिल्सिना , प्रभु हजरा , बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंह , प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरिक्षक कुमोध ढुङ्गेल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.