विश्व ज्योतिष महासंघ मधेश प्रदेश एवम नेपाल ज्योतिष परिषदद्वारा वीरगञ्ज प्रथम ज्योतिष दिवस मनाइयो

बिरगंज २७ चैत । विश्व ज्योतिष महासंघ मधेश प्रदेश एवम नेपाल ज्योतिष परिषद वीरगञ्जको संयुक्त आयोजना मा प्रथम ज्योतिष दिवस तथा हिन्दू नववर्षको उपलक्ष्यमा शुभकामना कार्यक्रम गहवा माईको प्रांगणमा आज संपन्न भएको छ ।

Advertisement

नेपाल ज्योतिष परिषद वीरगञ्जका अध्यक्ष ज्योतिष सुरेन्द्र नाथ तिवारीको र समाजसेवी डा. नीरज कुमार सिंहको अध्यक्षतामा कार्यक्रमका सम्मपन भएको हो । स्वागत मंतव्य विश्व ज्योतिष महासंघ, मधेश प्रदेश संयोजक ज्योतिष नारायण तिवारी एवम कार्यक्रम बारे प्रकाशस् ज्योतिष लालबाबु पांडे शास्त्रीले गर्नु भएको थिए ।

विशिष्ट अतिथिहरुमा नेपाल ज्योतिष परिषद का केंद्रीय उपाध्यक्ष ज्योतिष पंडित मदन चौबे, गहवा माई रथ यात्रा समितिका श्याम पोखरेल, देवानंद गुप्ता, पवन वर्णवाल, ललन चौरसिया, माई स्थान संचालक समितिका अध्यक्ष नरेंद्र शाह, मानव अधिकारका कृष्ण खनाल, हिंदू परिषद नेपालका केंद्रीय अध्यक्ष संजय सर्राफ, ब्राह्मण समाजबाट अगुवा अजय द्विवेदी, प्रकाश उपाध्याय, बृजमोहन तिवारी, समाजसेवी दिना प्रसाद गुप्ता तथा लायन्स क्लबका राम बिहारी पाण्डे, कार्यपालिका सदस्य कनिका कौशिक, कानू समाजका वीरेंद्र गुप्ता, थारू समाजका प्रकाश थारू, कलवार कल्याण समाजका अध्यक्ष इंद्रदेव साह, कुर्मी समाजका जिल्ला इंचार्ज धर्मेन्द्र कुमार पटेल,समाजसेवी विजय सर्राफ, लगायतले शुभकमना मंतव्य दिएका थिय ।

पंडित दिनेश तिवारीको नेतृत्वमा पंचाग एवम कलशको गौरी गणेश पुजन गरी कार्यक्रम को शुरुवात गरीएको थियों । सोही कार्यक्रममा हरेक ज्योतिष दिवसमा विभिन्न समाजका समाजसेवी व्यक्तिलाई सम्मान गरने क्रम मांप्रमुख अतिथि डा. नीरज कुमार सिंहलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

सो कार्यक्रम को सहजीकरन स्वामी राजीव रंजन भारद्वाजले गरेका तथा कार्यक्रमको विधिवत संचालन विश्व ज्योतिष महासंघका एशिया उपसभापति ज्योतिष सम्राट डा पुरुषोत्तम दुबे ले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box