बिरगंज २० चैत । बिरगंजमा रामनवमिको अवसरमा बैशाख ४ गते बिहान ७ बजे बृहत प्रभात फेरि र ५ गते महाआरतिको आयोजना हुने भएको छ । विरगंजको प्रसिद्ध गहवामाई मन्दिरमा महाआरती हुने भएको छ ।
श्री गहवामाई रथ यात्रा समितिको आयोजनामा देश विदेशमा सु–प्रसिद्ध एतिहासिक श्री गहवा माईको दास्रो महाआरती यहि बैशाख ५ गते बुधबार रामनवमीको दिन बेलुकी ६ बजे मन्दिरको प्राङ्गणमा हुने भएको छ ।
रथ यात्रा समितिका महासचिव पपु गुप्ताका अनुसार महाआरतीमा सहभागी हुनका लागि कुनै पनि शुल्क लाग्ने छैन । महाआरतीमा भिडलाई नियन्त्रण गर्नका लागी टोकनको व्यवस्था गरिएको छ ।
यसका लागी सहभागी हुने श्रद्धालुहरुले माई सञ्चालक समितिको कार्यालबाट यहि २३ गतेबाट निशुल्क टोकन नम्बर लिन सक्ने उनले बताए ।
महाआरतीमा भक्तजनले घरबाट आरतिको सामग्रीहरु जस्तै पुजाको थाली, फुल, दियो तेल बत्ति सलाइ सहित सहभागी हुनु पर्ने छ । त्यस्तै, वैशाख ४ गते विहान ७ बजे देखी हुने प्रभात फेरि मा पनि सहभागी हुन महासचिव गुप्ताले अनुरोध गरेका छन् ।
‘महाआरती’मा वीरगञ्ज वासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन सहभागी हुने गरेकाले यसले धार्मिक पर्यटन प्रवद्र्धन गर्ने ज्योतिष सम्राट पुरुषोत्तम दुबेले बताए ।
पछिल्लो वर्ष भएको पहिलो महाआरतीमा हजारौको सख्यामा पर्सा, बारा तथा छिमेकी देश भारत बिहारका रक्सौल लगायत आसपासका भक्तजन सहभागी भएको उनको भनाई छ ।