जगदम्बा स्टिलले निकुञ्जको जग्गा अतिक्रमण, उद्योगको स्वामित्वमा अख्तियारले कारवाही गर्दै”

वीरगंज । बारा जिल्लाको जीतपुरसिमरा उ.म.न.पा.२ स्थित बारा र पर्सा करिडाेर ६ लेनमा पर्दछ । पर्सा राष्ट्रिय निकुञ्जको ५४ बिघा सार्वजनिक जग्गा अतिक्रमण गरेको जगदम्बा स्टिलले निकुञ्ज हुँदै बग्ने सिमसारको भाङ्ग्रा खोला अतिक्रमण गरेको जानकारी प्राप्त भएको छ।

Advertisement

अहिले नक्सामा भेटिँदैन भाङ्ग्रा खोला, जो वन्यजन्तुहरूको पिउने पानीको मूल स्रोत रहेको थियो। पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको जनहित मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले भाङ्ग्रा खोलालाई अलग्गै कित्ताकाट गरेर नम्बरी जग्गा बनाएर उद्योगले भोगचलन गरेको आरोप लगाएका छन्।

स्थानियहरूका अनुसार, उद्योगले खोला कब्जा गरेपछि ठूलो आन्दोलन भएको थियो तर कतैबाट केही सुनवाई भएन बरू ढाकछाेप मात्र गरियाे । उद्योगको प्रदूषणले वरपरका रुखहरू पनि पूरै सुकेको बताउँदै उनले वातावरण पूरै प्रदूषित रहेको जनाएका छन्।

चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ता सुनील यादव र निराजन कुशवाहका अनुसार, जगदम्बा स्टिलले खोलामाथि संरचना बनाएको छ र उद्योगले पैसा र शक्तिकाे दूरूपयाेग गरि नक्सा गायब बनाएको पनि आरोप लगाउनु भाे ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका प्रवक्ता नरहरि घिमिरेलाई यसबारे बुझदा अख्तियारमा उजुरी परेकाे र यस विषयमा गहन छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए । उद्योगले अतिक्रमण गरेको जग्गाको लालपुर्जा बनाइसकेको विषयलाई फरक ढङ्गले अनुसन्धान गरि विशेष   अदालतमा मुद्दा चलाईने उहाँले बताउनु भयो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box