Post Views: 107
काठमाडौं ३ फाल्गुन । नेपाल आयल निगमले फेरि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बिहीबार बेलुकी बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
निगमका अनुसार डिजेल,पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरिएको हाे । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि नेपाल आयल निमगले भने प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो ।
निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । निगमका अनुसार बढेको मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0